
राप्तीसोनारी । बाँकेको राप्तीसोनारी गाउँपालिकामा भाषा र संस्कृति विषयक बृहत अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । सभ्य समाज नेपाल बाँकेको आयोजान राप्तीसोनारी गाउँपालिकाको सहयोग जिम्मेवार समाज नेपाल र जय बागेश्वरी असाहय बाल संरक्षण केन्द्रको समन्वयमा भएको कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले कला र संस्कृतिको संरक्षण गर्ने हरेक नागरिकको जिम्मेवारी भएको बताउदै संस्कृतिमाथीको अतिक्रमण रोक्नुपर्ने र भाषा कला र संस्कृतिको जगर्ना गर्न आफु प्रतिबद्ध भएको बताए ।
कार्यक्रमा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा न ७ का वडाध्यक्ष राम लखन थारुले कला संस्कृतिको सम्मान गर्नुपर्ने र मौलिक संस्कृतिको संरक्षण गर्न आवश्यक छ रहेको बताउदै स्थानीय भाषा र कलाको संरक्षणले विदेशी पर्यटकलाई आकर्षण गर्न सकिने बताए । कार्यक्रमा सरोकारवालाहरुले स्थानीय भाषा र कलाको संरक्षण गर्ने विषयमा विविध कुराहरुमा छलफल गरेका थिए । कार्यक्रममा महिला पन्चैबाजा संरक्षण समिति राप्तीसोनारी ८ का महिलाहरुको प्रस्तुती मुक्त कम्लहरी मञ्च बाँकेको थारु नृत्य तथा चिल्ड्रेन प्याराडाइजका छात्राहरुको सांगितिक प्रस्तुत गरेका थिए भने सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
सभ्य समाज अध्यक्ष सुर्यलाल यादवको सभापतित्वमा भएको कार्यक्रममा जिम्मेवार समाज नेपालका अध्यक्ष धिरज खड्काले शुभकामना मन्तव्य राख्नु भएको थियोे । राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिह थारु, पुर्व उपाध्यक्ष धनी कुमारी खत्री राप्तीसोनारी गाउँपालिका वडाध्यक्षहरु, कार्यापालिका सदस्यहरु जय बागेश्वरी असाहय बाल संरक्षण केन्द्र राप्तीसोनारी ५ का अध्यक्ष तारा वली, पुर्व कम्लहरीहरु, स्थानीय समाजसेवी,बुद्धीजिवी सर्वसाधारण लगायतको सहभागीता रहेको थियो । सो कार्यक्रमको सन्चालन प्रेरणा गिरीले गरेकी थिईन ।