
नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा कार्यरत प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डे पुरस्कृत भएका छन ।
थारु समुदायमा रहेको सिकलसेल एनिमिया रोगको पहिचान, उपचार र निदानका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै थारु आयोगले डाक्टर पाण्डेलाई “थारु रत्न” पुरस्कारबाट सम्मानित गरेका हो ।
आयोगको चौथो स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी डाक्टर पाण्डेलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको हो ।