द आर्ट अफ् लिभिङद्वारा नेपालगन्जमा ह्याप्पिनेस कार्यक्रम हुदै

|

नेपालगन्ज । नेपालगन्जमा द आर्ट अफ् लिभिङ बाकेको आयोजनामा ह्याप्पिनेस कार्यक्रम असार ४ देखि ९ गते सम्म आयोजना हुनगइरहेको छ। उक्त कार्यक्रममा द आर्ट अफ् लिभिङका प्रशिक्षक काब्य लम्साल र नबिन आचार्यद्वारा प्रशिक्षण दिइने छ। उक्त कार्यक्रम आगामी सोमबारबाट संचालन भइ शनिबार समापन हुनेछ। उक्त ह्याप्पिनेस् कार्यक्रम लिएपछी तालिममा सहभागीहरुले तनाव ब्यवस्थापन, उत्साहपुर्ण जीवन जिउने कला, शान्त मन र रोग निरोधक क्षमता वृद्धि गर्न मद्दत पुग्नेछ ।
कार्यक्रम नेपालगन्जको सिद्धार्थ कटेजमा आउदो सोमबारबाट बिहान ५:१५ देखि ८:१५ बजे सम्म रहन्छ र कार्यक्रमको समापन असार ९ गते शनिबारको दिन रहनेछ। कार्यक्रमको समापन भए तापनि हप्ताको एकदिन शनिबार बिहान ५:३० मा साप्ताहिक फलोअप र साझ ५:३० बजेबाट सत्सङ नेपालगन्ज एम. पि. इन्टरप्राइजेज रहेको भवनमा हुने द आर्ट अफ् लिभिङ बाकेका भोलिन्टियर अरुणा गुरुङले बताईन । सोमबारबाट सुरु हुन गइरहेको ‘ह्याप्पिनेस कार्यक्रम’ लिन इच्छुक व्यक्तिले निम्नलिखितको सम्पर्क नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ।
सम्पर्क ब्यक्तिहरु
माला शर्मा-९८४८०२४५९५
सुशीला चौधरी-९८६४७२६८२७

२०८० असार २, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।