
नेपालगन्ज / बाँके जिल्लाको नेपालगन्ज शहरमा पहिलो पटक विविध कार्यक्रमको आयोजना गरि गौरव यात्रा मनाईएको छ । पश्चिम तारा नेपालको आयोजना तथा विभिन्न सामाजिक संस्थाहरु Federation of Sexual and Gender minorities Nepal, visible impact र yuwa nepal को सहकार्यमा नेपालगन्जमा पहिलो पटक भब्य रुपमा सम्पन्न भएकोे पश्चिम तारा नेपालका कार्यक्रम संयोजक परिना चौधरीले बताउनुभयो ।
यो अभियान सन् १९६९ को जुन महिनामा अमेरिकाको न्युयोर्कमा समलिङ्गीहरु भेला हुने एक चर्चित रात्री क्लबमा प्रहरीले छापा मारी कर्मचारी र संरक्षकहरुलाई पक्राउ गरेको विरोधमा त्यहाँका अधिकारकर्मीहरुले यसलाई कडा शब्दमा आलोचना गरि ६ दिनसम्म बिरोधका कार्यक्रम सन्चालन गरेका थिए । यही आन्दोलनकोे सम्झनामा हरेक बर्ष अमेरिका र बिश्वभरी नै न्यायको खोजी र लान्छना र भेदभावको अन्त्य जस्ता मुख्य उदेश्यहरु राखी Pride Month अर्थात गौरवको महिना मनाउन थालिएको छ ।
त्यसैगरी नेपालमा चाहिँ Queer Youth group ले पहिलो पटक २०१९ मा काठमाडौंमा पहिलो गौरव यात्रा निकालेको थियो र त्यसैलाई पहिलो गौरव यात्रा भन्न थालियो र यसै गरी प्रत्येक जुन महिनामा मनाउन थालिएको हो । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरूले जुन महिनालाई गर्वको महिनाको रुपमा मनाउने गर्दछन् र यही जुन महिनामा प्रत्येक वर्ष गौरव यात्रााको पनि आयोजना गर्ने गरिन्छ । काठमाडौं र अन्य केही जिल्लाहरूमा गौरव यात्रा पहिले देखि नै मनाउदै आएता पनि नेपालगन्जमा भने पहिलो पटक आयोजना गरियो ।
विहिबार गौरव यात्रा ५ बजे त्रिभुवन चौक, न्युरोड, सेतु विक चोक हुदै धम्बोझीमा पुगेर विविध साँस्कृतिक प्रस्तुती गरि कार्यक्रम सम्पन्न भएको थियो ।सो समापन कार्यक्रममा बी–ग्रुपका कार्यक्रम संयोजक उज्जवल उप्रेती , नेपाल गैरसरकारी संस्था बाँकेका सचिव आशिष बर्मा र नेपाल युवा परिषदका प्रदेश संयोजक सोम गुरुङ्गले आ–आफना भनाई राख्नुका साथै कार्यक्रमको शुभकामना ब्यक्त गर्नू भएको थियो ।