मिस्टर एण्ड मिस एसइइ नेपालगन्ज दोश्रो सिजनको अडिसनको सम्पुर्ण तयारी पुरा

|

नेपालगन्ज । मिस्टर एण्ड मिस एसइइ नेपालगन्ज दोश्रो सिजनको अडिसनको सम्पुर्ण तयारी पुरा भएको छ । पिके ईभेन्टसका अध्यक्ष प्रकाश कुंवरले पत्रकार सम्मेलन गर्दै अडिसनको लागि ५२ जनाले फारम भरिसकेको र कोहि इक्छुक भए अडिसनको दिन जेठ २७ गते भोली शनिबार नेपालगन्जको म्याजेष्टिक पार्टी प्यालेसमा बिहान ११ बजे अगाडी सम्पर्क गर्न सकिने जानकारी दिएका छन । अडिसनबाट १५ जनालाई फाईनल प्रतिस्पर्धाका लागि छनौट गरिनेछ । फाइनल असारको तेस्रो साता हुनेछ । प्रतिस्पर्धामा एसइइ परिक्षा दिएर बसेकाहरुले मात्र भाग लिन पाउने आयोजकले जनाएको छ ।
युवाहरुमा निहित आन्तरिक क्षमताको विकास गर्दै आत्मविश्वासी बनाउने उद्देश्य सहित हुने यस कार्यक्रमको कोरियोग्राफी मिस टिन लुम्बिनी र मिस हिमालय बुटवलको विजेता सेन्जल पौडेलले गर्नेछिन् । प्रतिस्पर्धाको दौरान सहभागिहरुलाई वाकिङ, फोटो सुट, सामाजिक कार्य, खेलकुद, मेकअप लगायतका बारेमा प्रशिक्षण दिइनेछ ।
मिस्टर एण्ड मिस एसइइको बिजेताले प्लस टु मा छात्रबृत्ति र आयोजक पिके ईभेन्ट्सको ब्राण्ड एम्बेसडरको रुपमा काम गर्ने अवसर प्राप्त गर्ने समेत आयोजकले जनाएको छ । यसैगरि अन्य बिधाका बिजेतालाई आकर्षक पुरस्कारको समेत ब्यवस्था गरिएको छ ।
मिस्टर एण्ड मिस एसइइ र फेस अफ नेपालगन्ज गरी वर्षमा दुईवटा टाइटलको आयोजना गरिरहेको पिके ईभेन्ट्सले आफ्नो कार्यक्रममा प्रतिस्पर्धीलाई टिकट बेच्न लगाएर धेरै टिकट बेचेको भन्दै त्यसबाट नै विजेता बनाउने कदापी नगरिने स्पष्ट पारेका छन् ।
सोसल मिडिया पार्टनरको रुपमा नेपालगन्ज ग्यालरीले यो इभेन्टलाई साथ दिदैछ ।

२०८० जेष्ठ २६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।