
बर्दिया । दिगो विकास लक्ष्यहरु २०३० हासिल गर्न बृहतर यौनिकता शिक्षालाई अगाडि बढाउँदै भन्ने मुल नाराका साथ नेपालमा पनि यसको कार्यान्वयनका लागी बिभिन्न साझेदार सस्थाहरु मार्फत बिधालय स्तमा काम गरिरहेका छन् ।
यौनिकता शिक्षा मानव यौन तथा यौनिकताको शारीरिक, भावनात्मक, सांस्कृतिक, सामाजिक र व्यावहारिक पक्षको अध्ययन लाइ लिन सकिन्छ । यौनिकताले मानिसको मूल्य तथा मान्यता, यौनसँग प्रत्यक्ष सम्बन्ध भएका बृहत अर्थ, यसप्रतिको बुझाइ तथा प्रयोग र नियन्त्रण वा सीमालाई बुझाउने गर्दछ। यौनिकता, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी गरिएका विभिन्न अध्ययनका अनुसार यौनिकता शिक्षामा आधारित जीवनोपयोगी सीप अभावका कारण किशोरकिशोरीले विभिन्न किसिमका चुनौती सामना गरिरहेका हुन्छन्। विविध जिज्ञासाउपर सही जानकारी नहुँदा वा जानकारी पाउने अवसर नहुँदा गलत सूचना प्राप्त गर्ने सम्भावना हुन्छ। गलत वा भ्रमपूर्ण सूचनाका कारण उनीहरूले जोखिमपूर्ण यौन व्यवहार अपनाएका अध्ययनले बताएको छ। यसकारण किशोरकिशोरी तथा युवाका लागि पहुँच पुग्ने गरी सूचना र जानकारी दिन आवश्यक छ।
प्लान इन्टरनेशनल नेपाल तथा भेरी बातावरणिय बिशिष्टता समुह (बि- ग्रुप) को साझेदारिमा बर्दिया जिल्लाका ४ वटा स्थानिय तहमा बालबिबाह परियोजना मार्फत काम गरिरहेको छ । परियोजना संचालन भएका ४३ विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्यापन हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाकोे ढाँचाअनुसार लैंगिकता, यौन तथा प्रजनन स्वास्थ्य, एचआईभी र एड्सका कुरा बिधालयको पाठ्यक्रमलाई बृहत यौन शिक्षा संग जोड्ने प्रयास गरिने छ । पाठ्य पुस्तकले किशोरावस्था, यौनिकताको परिभाषा, यौन तथा प्रजनन स्वास्थ्यको अवधारणा र महत्व, महिला तथा पुरुषको प्रजनन अंग र प्रणाली, परिवार नियोजनका साधन र विधि, सुरक्षित गर्भपतन, यौन रोग, रजस्वला र किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा पनि उल्लेख गरिएको छ । जसबाट विद्यार्थीले यौन तथा प्रजनन स्वास्थ्य सेवाको बारेमा सूचना प्राप्त गर्नेछन् ।
सस्थाकी कार्यसमिती सचिब कालीका बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सस्थाका कार्यकारी निर्देशक डम्बर सुनारले परियोजना मार्फत सस्थाले बर्दिया जिल्लाको ८ वटै पालीकाहरुमा बालविवाह न्युनिकरण परियोजना मार्फत काम गरिरहेको छ । बालविवाह न्युनिकरण गर्नसकिने मुख्य सरोकारवालाको रुपमा बिधालय भएको र बिधालयले बृहत यौनिकता शिक्षा मार्फत समुदायमा घट्न सक्ने जोखिमलाइ निरुसाहित गर्न मुख्य पात्रको रुपमा लिने भएकाले बालविवाहको जोखिम कम गर्न सकिने बताउनुभयो । तालिम सत्रको पहिलो सत्र समापन गदै सस्थाकी कार्यसमिती सचिब कालीका बस्नेतले सस्थाले बिगत लामो समयदेखि बालबालीका तथा महिलाका बिभिन्न मुद्दाहरुमा वकालत गर्द आइरहेको र बर्दिया जिल्लामा बिगत ३ बर्षदेखि सस्थाले बिभिन्न परियोजनामा भएका कृयाकलाप मार्फत काम गरिरहेको छ । परियोजनाले लिएको लक्ष्य उदेश्य अनुसार बाल बिवाह लाइ निरुसाहित हुने र यसका लागी बिधालयको महत्वर्पु भुमिका हुने र यस कार्यका लागी बिधालयका शिक्षकहरुको महत्वपुर्ण योगदान रहने भएकाले सस्थाको तर्फदेखि स्वागत गनुभयो । ५ दिन सम्म संचालन हुने तालिमा परियोजना बिधालयका २५ जनाको सहभागीता रहेको र तालिम सहजिकरण रामकुष्ण पराजुलीले गर्नूहुनेछ । तालिम उद्घाटन सत्र संचालन परियोजनाका प्राबिधिक संयोजक रामरुप कौशलले गर्नुभएको थियो।