किन मान्छे मान्छे मै सानो ठुलो भेद हुन्छ

|

काठमाडौं ।

कलाकार तथा सञ्चारकर्मी चिरञ्जीवी सापकोटाले ‘जात’ बोलको गीत सार्वजनिक गरेका छन् ।

रुकुम घटनापछि मुलुकमा जातीय विभेदको विषय उत्कर्षमा पुग्दै गर्दा उनले गीतमार्फत जातीयरुपमा गरिने विभेदको कुरा उजागर गरेका हुन् ।

गीतमा सापकोटा, गायक प्रताव दास र प्रविन भट्टको आवाज छ । ललित पौडेलको शब्दमा रहेको उक्त गीतमा ओम सुनारको संगीत रहेको छ । गीतको भिडियोमा पत्रकार रविन्द्र सुवेदी, अबि सुनार र गीता ढुंगानाको अभिनय छ ।

ढुंगाना अहिले लोकप्रिय बन्दै गएको छोटो भिडियो सेयरिङ एप टिकटकमा चर्चित छिन् । गीत आहा टिभीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सापकोटाले समाजमा अझै पनि जातको आधारमा भेदभाव गर्न हुँदैन भन्ने चेतना अभिवृद्धि नभइसकेका कारण आम मानिसमा विभेद गर्न नहुने विषयको जानकारी दिने उद्देश्यले गीत निर्माण गरिएको बताए ।

 

२०७७ असार ८, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।