स्वयंसेविकाहरुलाई महिला हिंसा बिरुद्द सम्बन्धि तालिम

|

नेपालगन्ज / स्थानीय स्वयंसेविकाहरुलाई महिला हिंसा बिरुद्ध रेफरल संयत्र सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । फातिमा फाउन्डेसनको आयोजना नेपालगन्ज उपमहानगरपालिका वडा न.१४ भवानियापुरमा सम्पन्न भएको हो । महिलाहरुलाई महिला हिंसा,घरेलुु हिंसा तथा सिफारिस प्रणाली बारे जानकार बनाउनको लागि तालिम सन्चालन गरिएको फातिमा फाउन्डेसनको अध्यक्ष मैमुना सिद्दिकीले बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा न.१४ का वडा अध्यक्ष मजहर अलि साईले कार्यक्रमको प्रशन्सा गर्दै आगामी दिनमा समेत महिलाहरुलाई सशक्तीकरणका तालिमको आवस्यकता रहेको बताउदै आगामी दिनमा समेत योजना ल्याइने बताउनु भयो ।

कार्यक्रममा वडा न.१४ को स्वास्थ्यचौकीका मोहन देवकोटा,महेन्द्र स्कुलको प्रशिक्षक कुन्ति क्षेत्री, फातिमा फाउन्डेसनको पदाधिकारी आमना हलवाई,चादनी दर्जी,हुमा अख्तर, उमेश गुप्ता लगायतको सहभागिता रहेको थियो भने तालिमको सहजीकरण रबिन्द्र ज्ञवालीले गर्नु भएको थियो।

२०८० जेष्ठ १८, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।