नबिल बैंकको नँया शाखाको उद्घाटन

|

साहिल अन्सारी, बाँके / नबिल बैंक लिमिटेडले नेपालगन्ज उपमहानगरपालिका वडा नं.२, मा रहेको ब्यापारिक क्षेत्र न्युरोडमा आज नयाँ शाखाको उद्घाटन गरेको छ । उक्त कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक गिरिजा प्रसाद कोइराला र नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले रिबन काटेर साथै पानसमा मैनबत्ती बालेर गरेका छन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक, मेयर प्रशान्त विष्ट, वडा नं. २ का वडा अध्यक्ष मनोज श्रेष्ठ लगायत नेपालगंजका अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

नबिल बैंकले बिहीबार देशभरी ३८ वटा शाखाको एक साथ उद्घाटन गरेको छ । जसमा नेपालगन्जमा यो तेस्रो शाखाको उद्घघाटन भएको हो । हाल देशभरी नबिल बैंकको २५५ वडा शाखा पुगेको छ । नँया ३८ वटा शाखामा सबभन्दा बढी शाखा बागमती प्रदेशमा १३ वटा,कोशी प्रदेशमा १ वटा, मधेश प्रदेशमा ८ वटा, गण्डकी प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा १० वटा कर्णाली प्रदेशमा १ वटा र सुदूरपश्चिम प्रदेशमा २ वटा नँया शाखा संचालनमा आएका छन् ।

नेपालगन्ज न्युरोड शाखा उद्घघाटन कार्यक्रममा बोल्नु हुदै वडा अध्यक्ष मनोज श्रेष्ठले जनताको जनजीवन सहज बनाउन राम्रो ठांउमा लगानी गर्नु पर्ने र यसका साथै कम व्याज दरमा लगानी गर्न राष्ट्र बैंकले पनि पहल गर्नु पर्ने बताउनुभएको छ । कार्यक्रममा आफ्नो भनाइ राख्दै मेयर प्रशान्त विष्टले भनेका छन् “निकै लामो समय देखि नबिल बैंकले कारोबार गर्दै आइरहेको छ । यसले जनता र सेवाग्राहीहरुको अपेक्षा पूरा गर्न सफल होस भनी आशा गर्दछु । कार्यक्रमका प्रमुख अतिथि गिरिजा प्रसाद कोईरालाले आफ्नो मन्तव्य राख्दै भने “ विभिन्न शाखा खोलेर सेवाग्राहीहरुसंग नजिक हुदैं गइरहेको छ । सेवाग्राहीहरुलाई नीति नियम बारे बुझाएर अलि कारोबार गर्दा झन् बढी प्रभावकारी हुनेछ भनी आशा गरेको छु ।“

२०८० जेष्ठ १८, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।