“द सेक्रेट अफ राधा” सन्फ्रान्सिस्को शहरमा प्रदर्शन हुदै

|

क्यालिफोर्निया। नेपाली कथानक चलचित्र ‘द सेक्रेट अफ राधा’ क्यालिफोर्नियाको लसएन्जल्स शहरमा आगामी जुन ३ तारिख शनिबार र जुन ४ तारिख आईतबारको दिन सन्फ्रान्सिस्को शहरको Cinelounge सिनेमा हलमा प्रदर्शन हुन गईरहेको छ ।

यस चलचित्रको निर्देशक सुवर्ण थापाले दिनुभएको जानकारी अनुसार राधा’ सामाजिक मुद्दामा बनेको नारी प्रधान चलचित्र हो । चलचित्र ‘राधा’ ले नारी पात्रको प्रतिनिधित्व गर्दै हाम्रो नेपाली समाजमा घटेको घटनामा आधारित रहेको छ।
थापाद्वारा निर्देशित चलचित्रमा श्रृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको छ ।
राधा पात्रले एक नारि पतिको खोजीमा एउटी महिलाले संघर्षका कस्ता आरोह–अवरोह छिचोल्छिन् ? राधाको कथामार्फत निर्देशक थापाले महिला सहनशीलता, समर्पण, लगनशीलता र पर्खाइलाई शसक्त ढंगले जोडेका छन् ।यो चलचित्र 
पितृसतात्मक समाजमा आत्मविश्वास र आत्मसम्मानसहित बाँच्ने महिलाका प्रतिनिधि हो ।

नेपाली परिवेशमा एक गर्भवती महिलाले श्रीमानको पर्खाइमा भोग्नु परेको सङ्घर्षको कथालाई चलचित्रले समेटेको छ । कामको खोजीमा सहर पसेका श्रीमान्को प्रतीक्षामा रहेकी एउटी महिलाले गाउँलेहरूबाट खेप्नु परेको दुःख र श्रीमानलाई खोज्न गरेको सङ्घर्षलाई चलचित्रमा उजागर गर्न खोजिएको छ ।
द सेक्रेट अफ राधा चलचित्र ११ औं नेफ्टा फिल्म अवार्डको उत्कृष्ट पाँचमा मनोनयन भएको छ । आइतबार सोल्टी होटलमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले २५ विधामा मनोनितलाई प्रमाणपत्र वितरण गर्दा १० वटा विधामा “द सेक्रेट अफ राधा” मनोनित भएको छ । यसको वाँकी अवार्ड संस्करण आगामी साउन ६ गते अमेरिकाको टेक्सासमा हुनेछ ।

अष्ट्रेलियाको सफल प्रदर्शन पश्चात अमेरिकाका विभिन्न शहरहरुमा प्रदर्शन भैरह्को छ यसै सन्दर्भमा द सेक्रेट अफ राधाको विशेष प्रदर्शनको क्रममा अमेरिकाका नेपाली डायस्पोरामा चलचित्रका लेखक तथा निर्देशक स्वयंम उपस्थित भई आम दर्शकको प्रतिक्रिया लिईरहेका छन् !सुवर्ण थापा आफै  जुटेका छन् ।

चलचित्र प्रदर्शन हुने मिति/समय:
स्थान :
मिति: जुन ३ तारिख र ४ तारिख
समय : बेलुकी ५ बजे
ठेगाना: Cinelounge
39160 Paseo Padre Pkwy
Fremont CA 94538

२०८० जेष्ठ १०, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।