बी–ग्रुप बाँकेद्धारा प्राङ्गारिक खेती प्रवर्द्धनका लागी रणनैतिक अभियान शुरु

|

नेपालगन्ज / भेरी बातावरणीय विशिष्टंता समूह (बी–ग्रुप) बाँकेको आयोजना जिआईजेड नेपाल, एमडिएम फ्रान्स र एएफडिको सहकार्यमा सन्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत प्राङ्गारिक खेती प्रवद्र्यनका लागी रणनैतिक अभियान सम्पन्न भएको छ । वातावरणमा विषादीले मानव स्वास्थ्यमा पार्ने असरहरु न्यूनीकरण गरी प्राङ्गारिक खेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बी–ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनारले बताउनु भयो ।

उक्त अभियानमा स्वास्थ्यका लागि प्राङ्गारिक खेती शिर्षकमा विद्यालय स्तर वक्तृत्वकला प्रतियोगिता श्री जय जनता मा. वि. नेपालगंज, श्री सरस्वती मा.वि. डुडुवा, श्री जनता नमुना मा.बि. सन्तकुटी, श्री शुक्र मावि खजुरा २, बाँकेमा संचालन भएको र त्यहाँबाट प्रथम स्थान हाँसिल गर्नुभएका ४ विद्यार्थीहरूले फाइनल राउण्ड एक प्रति प्रतियोगितामा प्रस्तुति गरेका थिए । आफ्ना गहकिला विषयवस्तु र तर्कहरु गर्दै प्रस्तुत श्री जनता नमूना मावि खजुरा ३ की छात्रा निशा खत्रीले प्रथम, श्री शुक्र मावि खजुरा २ की छात्रा चाँदनी थापाले द्वितिय, श्री जय जनता मा.वि. नेपालगंज २० का छात्र महेन्द्र ढुंगानाले तृतीय र श्री सरस्वती मा.बि. डुडुवा ६ की छात्रा श्रद्धा पोरवालले सान्तवना स्थान हाँसिल प्राप्त गरि क्रमश रु. २०००, रु.१८००, रु. १५०० र १००० धनराशी बराबरको स्टेश्नरी सामग्रीबाट पुरस्कृत गरिएको थियो ।

श्री जन एकता वहुउद्देशिय सहकारी संस्था लि.डुडुवा ६, श्री साथी स्वावलम्बन कृषक बहुउद्देशिय सरकारी संस्था लि. नेपालगन्ज २० र श्री नव दुर्गा कृषि सहकारी संस्था लि. खजुरा –२ का कृषकहरूले आफूले उत्पादन गरेका तरकारीहरु, बोडी, लौका, भेन्डी, खुर्सानी, फर्सी, साग, भान्टा, आलुप्याज, आदि विषादी परिक्षणका रिपार्ट सहित प्रदर्शनमा राखी बिक्री वितरण भएको थियो ।

यस अभियानमा सरोकारवाला निकायहरुलाई जागरुक बनाई बजारिकरण र आइ.पि.एम.अर्गानिक प्रविधिबाट उत्पादित तरकारीको उत्पादन र बजारीकरणमा टेवा पुरयाउनलाई सामूहिक छलफल पनि राखिएको थियो। जसमा कृषक लक्ष्मी खनाल, (खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका सन्तोष दाहाल, खाद्य तथा गुर्णस्तर कार्यालयका प्रमुख अमित सुमन भुषण, कृषि अनुसन्धान निर्देशनालयका लक्ष्मण भण्डारी,कृषि ज्ञान केन्द्रका शहकिल अहमद, खजुरा गाउँपालिकाका अध्यक्ष डम्मर बहादुर विकको सहभागिता रहेको थियो । उक्त छलफलमा सहभागी सरोकारवाला निकायले आगामी दिनमा प्राङ्गारिक खेतीलाई बढवा दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।

सो कार्यक्रम बी–ग्रुप, बाँकेका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षता एवं नेपालगंज उप– महानगरपालिकाको मेयर प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो कार्यक्रमको सहजीकरण ओबिराज आचार्यले गर्नुभएको थियो ।
कार्यक्रमलाई सफल बनाउन स्थानीय सरकारका जनप्रतिनिधि साथै कृषि सेवामा कार्यरत सस्थाहरु, कृषकहरु लगाएतको सहभागिता रहेको परियोजना संयोजक ईन्द्रजित सुनारले बताउनुभयो थियो ।

२०८० जेष्ठ ९, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।