
गेरुवा । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बि-ग्रुप) काे साझेदारि र गेरूवा गाउँपालिकाको सहकार्यमा संचालित बाल विवाह न्युनिकरण परियाेजना गेरूवामा सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र विद्यार्थीहरूकाे सहभागितामा विद्यालय सुरक्षा प्याकेज २ दिने तालिम शनिबार सम्पन्न भएको छ । गेरूवा ३ मा सम्पन्न भएको कार्यक्रममा तालिमकाे सहजिकरण गेरूवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज अधिकारीले गर्नु भएकाे थियाे ।
तालिममा विद्यालय गुणात्मक शिक्षा प्रदान गर्नका लागि सराेकारवालाहरूकाे भूमिका र सुरक्षित बनाउनकाे लागि सीप ज्ञानकाे क्षमतामा अभिवृद्धिका लागि विभिन्न विधि प्रयाेग गरि विद्यालय सुरक्षित बनाउने बारे जानकारी गराइएकाे बि-ग्रुपका सुपरभाइजर ज्ञानबहादुर चौधरीले जानकारी दिनुभयो ।