
बाँके / सलाम मिडिया प्रा. ली.को आयोजना तथा राप्तीसोनारी गाउँपालिका वार्ड नं. ६ को आर्थिक सहयोगमा उदघोषण तथा पत्रकारिता तालिम शुरू भएको छ ।
सो तालिमका सहभागीहरुले उदघोषण कला, पत्रकारिताको विषयमा जानकारी प्राप्त गर्नेछन्। सो तालिममा पत्रकार शुक्रऋषि चौलागाई र रामु ओलीले सहजीकरण गरिरहेका छन् । सो तालिममा उदघोषण कलाका विधिहरु, समाचार लेखन, पत्रकारिताका सीपहरु बारे विषयमा सहजीकरण गरिने छ ।
सो तालिममा समाचार तथा उदघोषण कला भनेको के हो ? पत्रकारिताका विधिहरु, सूचनालाई पैरवीमा कसरी प्रयोग गर्ने बारे छलफल समेत गरिएको थियो । सही सत्य समाचारका लागि प्रमाण संकलन गर्ने प्रक्रिया, उदघोषण सीप, समाचार लेखन सीप र बोल्ने कलाको सीप बारे सहजीकरण गरिएको थियो । वडा नं. ६ का वडा अध्यक्ष लवराज खरेलको प्रमुख अतिथिमा शुरु भएको सो तालिममा बोल्नु हुदै स्थानीय नागरिकलाई सही तथा सत्य समाचार प्रकाशन तथा प्रशारण गरि सचेत बनाउन महत्वपुर्ण भुमिका खेल्नु पर्नेमा जोड दिनुभयो । सो तालिम १२ गतेसम्म सन्चालन हुने सलाम मिडिया प्रा. ली.का अध्यक्ष सलामत अलि शेखले बताउनुभयो ।