गेरुवा गाउँपालिकाद्धारा विद्यालयबाहिर रहेका बालबालिकाको तथ्याङ्क संकलन गर्दै

|

गेरुवा /  संविधानले आधारभूत तह अर्थात् कक्षा १–८ लाई अनिवार्य र निःशुल्क हुने व्यवस्था गरेको छ । संविधानअनुसार सरकारले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन समेत निर्माण गरेको छ । शिक्षा एक आधारभूत मौलिक अधिकार हो। प्रारम्भिक अवस्था देखि सिकाइका अवसरहरू मार्फत विद्यालय शिक्षाका लागि सफलताको जग बसाल्ने देखि माध्यमिक शिक्षासम्म बालबालिकाका लागि शिक्षाको अधिकार सुनिश्चित गर्न शिक्षमा काम गर्ने संघसस्थाहरु प्रतिबद्ध छन् ।

विगतका २० वर्ष देखि शिक्षाको क्षेत्रमा नेपालले उल्लेखनीय प्रगति गरेको छ । विद्यालयहरूमा विद्यार्थीहरूको भर्ना दर बढेर ९७ प्रतिशत पुगेको छ । यद्यपी यस क्षेत्रमा नेपालले निकै चुनौतीहरूको सामना गर्न बाकी छ । शिक्षामा न्युन गुणस्तर र असमान पहुँच, भौगोलिक विकटता, लिंग, र आर्थिक–सामाजिक तथा जातीय भिन्नताहरु आदि समस्याहरू शिक्षामा व्याप्त छन् । गरिबी, सामाजिक बहिष्करण, अपांगता, बसाईसराई, बाल श्रम, सामाजिक मुल्य मान्यताहरू तथा लैंगिक भेदभाव बालविवाह आदिका कारण सबै बालबालिका विद्यालयमा भर्ना हुन र नियमित उपस्थित हुन सक्दैनन्। युनिसेफको तथ्याकं अनुसार ५ देखि १२ वर्ष उमेर समुहका बालबालिका अझै विद्यालय बाहिर छन् ।
कक्षा ३, ५, र ८ का आधा मात्रै विद्यार्थीहरू नेपाली र गणित विषयको शैक्षिक परीक्षामा सफल हुने गरेको तथ्याकंले देखाउछ । विद्यालय बाहिर रहेका बालबालिकालाई समेट्नका लागि सरकारले चालू शैक्षिक सत्रको सुरुमा भर्ना अभियान सञ्चालन गरेको थियो । सो अभियानबाट धेरै बालबालिका विद्यालयको पहुँचमा आएको दाबी गरे पनि अझै पनि विद्यालयले विवरण अपडेट नगरेको कारण र सामान्यभन्दा फरक अवस्था भएका बालबालिका ,अपांगता भएका र आर्थिक रूपमा निकै पछाडि परेका परिवारका बालबालिका विद्यालय बाहिर हुनसक्ने सम्भावन रहेको गेरुवा गाउपालीकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नवराज अधिकारी बताउछन् ।

तसर्थ बर्दिया प्लान इन्टरनेशनल नेपाल तथा भेरी वातावरणीय विशिष्टिता समूहको आर्थिक साझेदारि तथा ठाकुरबाबा नगरपालीका, बारबर्दिया नगरपालीका मधुवन नगरपालीका र गेरुवा गाउपालीकाको समन्वय सहकार्यमा बिगत १५ महिना देखि बाल विवाह न्युनिकरण परियोजना संचालनमा रहेको छ । गेरुवा गाउपालीकामा बिधालय बाहिर रहेका बालबालीकाहरुलाई बिधालयमा ल्याउनका लागी गेरुवा गाउपालीकाको शिक्षा तथा युवा तथा खेलकुद शाखाको आयोजनामा गेरुवा गाउपालीकामा संचालित २६ वटा सामुदायिक बिधालयका प्राधानाध्यापकसंग बैठक बसी अन्तरक्रिया तथा छलफल गरिएको छ । उक्त बैठकमा बिधालयको क्षेत्रअधिकार भित्र बिधालय नजाने ५ बर्षदेखि १८ बर्ष उमेर समुहका बालबालीकाहरुको ७ दिन भित्र पहिचान गर्ने र तथ्याक लिई बिधालयमा सत प्रतिशत भर्ना गराउनका लागी बिभिन्न कार्ययोजना निमार्ण गर्ने निर्णय गरिएको बालविवाह न्युनिकरण परियोजना शिक्षा तर्फका प्राबिधिक संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिनु भयो ।

२०८० जेष्ठ ४, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।