
बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालीका युवा किशोरी पुजा थारु सिलाइ कटाइको काम गरेरै परिवार खर्च टारेकी छन् । कुनै समय बर्दियामा खेती किसानी गर्ने पुजा अहिले भने सिलाइकटाइले आफ्नो जीवनस्तरमा सुधार आएको बताउँछिन् । उनले भनिन्, ‘पहिला त कसैले सहयोग माग्दा पनि पत्याउँदैनथे, अहिले कमाइ भएपछि सबैले सम्मान गर्न थालेका छन् ।’ आफ्नो दुःखका कथा सुनाउँदै उनले थपिन्, घरमा बुवा आमाकोे कमाइ थिएन,साहुले ऋण पनि पत्याउँदैनथे, अहिले सम्मानपूर्वक सबैले पत्याएका छन् । सबैभन्दा ठूलो आर्थिक रहेछ ।’
बर्दियामा प्लान इन्टरनेशनल नेपाल तथा भेरी वातावरणीय विशिष्टिता समूहको आर्थिक साझेदारि तथा ठाकुरबाबा नगरपालीकाको समन्वय सहकार्यमा बिगत १५ महिना देखि बाल विवहा न्युनिकरण परियोजना संचालनमा रहेको छ । उक्त परियोजना अन्तरगत ठाकुरबाबा नगरपालीका वडा नं ५ बनबरि बस्ने युवा पुजा थारु पछिल्लो समय आत्मनिर्भर हुने बाटोमा छन् । सामान्य खर्चका लागि समेत परिवारका पुरुष सदस्यको कमाइमा भर पर्दै आएका घरपरिवार यतिबेला आफ्नो खर्चको जोहो आफैँले गर्न थालेकी छिन् । महिला रोजगारीमा व्यस्त भएर आत्मनिर्भर हुन थालेपछि आर्थिक अभावका कारण उनीहरूले भोग्ने पीडामा कमी आउन थालेको छ । ‘पहिला मेरो कुनै आम्दानी नै थिएन, घरखर्च चलाउन सधैँ वुवा आमा संग पैसा माग्नुपर्ने बाध्यता थियो,’ठाकुरबाबा नगरपालीका– ५ की सिता थारुले भनिन्, ‘अहिले वुवाआमा संग खर्चको लागी पैसा माग्नु परेको छैन । घरखर्च र भाई बैनी पढाउन पुग्ने कमाइ म आफैँ गर्न थालेकी छु ।’ प्लान इन्टरनेशनल नेपाल तथा भेरी वातावरणीय विशिष्टिता समूहको आर्थिक साझेदारि तथा ठाकुरबाबा नगरपालीकाको समन्वय सहकार्यमा संचालन गरेको ६५ दिने तालिम पछि ठाकुरबाबा नगरपालीका वडा नं ५ बनबिरमा सिलाइकटाइ पसल थालेकी हुन् । सिलाइकटाइ तालिमले उनलाई पैसा आउने बाटो मात्रै देखाएन, परिवार र भाइ बैनीको अध्यानलाइ समेत सहयोग पुगेको छ ह । पैसा कमाउन थालेपछि पहिला केगर्न सक्छन भन्ने हरुले सम्मान गर्न थालेका छन् । परिवारको आर्थिक अवस्था कमजोर भएका युवा महिलाका लागि भेरी वातावरणीय विशिष्टिता समूहले व्यावसायिक सीप सिकाउने र क्षमताअनुसारको काम दिन थालेपछि बर्दिया जिल्लाका १८ जना युवा महिला आर्थिक रूपमा आत्मनिर्भर बनेका छन् । सस्थाले संचालन गरेको ६५ दिने तालिम सिकेकी पुजा थारु अहिले आफैले संचालन गरेको सिलाइकटाइ पसलमा अन्य युवा महिलालाई सिलाइकटाइ तालिम सिकाउने प्रयासमा छिन् ।
पुजा भन्छिन भन्छिन्, ‘कुनै दिन घरमा बुवा आमा संग पैसा माग्दा डराउनुपथ्र्यो । किनकि घरमा कमाइ थिएन । आज त वुवा आमा तथा घरका छिमेकीले पनि सम्मान गर्छन्, गाउँलेको पनि व्यवहार फेरिएको छ ।’ पुजाले बैशाख महिनामा मात्र २९ जोडा बिभिन्न खालका लेगां, सटपइन्ट,कुर्ता सुरुवाल,म्याक्सी पेटीकोट सिलाई गरि करिब ६२०० आम्दानी गरेकी छिन् ।
ठाकुरबाबा नगरवालीका बिनबिरकी –२४ बर्षिय पुजा थारु पनि कुनै समय बिहान–बेलुकाको छाक टार्न घरपरिवारको धौ–धौ थियो । वुवा रोजगारीका लागी नेपालका बिभिन्न स्थानमा ज्याला मजदुरि गर्न जाने र परिवारको जिबिको पार्जन गर्नका लागी समेत कठिनाइ परेको थियो । तर, हिजोआज समाजमा सिता उदाहरणीय कामकाजी महिला बनेकी छिन् । सिता भन्छिन्, सिलाइ कटाइको काम पनि रामै्र छ, यसले गर्दा घरपरिवारको जिबिका र भाइबैनी पठाउनका लागी साहाराको रुपमा बनेको छ । यसरी बिपन्न परिवारका हामी परिवारलाई छनौट गरि आयआर्जनका पेशामा आबद्दता गराउने प्लान इन्टरनेशनल नेपाल तथा बि-ग्रुप बाँकेलाइ धन्यवाद दिएकी छिन् ।
प्लान इन्टरनेशनल नेपाल तथा बि-ग्रुपको साझेदारि तथा बर्दिया जिल्लाको गेरुवा गाउपालीका, मधुवन नगरपालीका,बारबर्दिया नगरपालीका र ठाकुरबाबाको समन्वय सहकार्यमा परियोजना मार्फत ५० जना युवा महिलाहरुका लागी आयआर्जनमा सहयोग गरिएको छ ।