
बर्दिया । विद्यार्थी शिक्षक, विद्यालय व्यवस्थापन समिती र अभिभावक संघका पदाधिकारीहरुलाई खानेपानी सरसफाई तथा स्वच्छता, किशोर किशोरी प्रजनन्, स्वास्थ्य अधिकार तथा बाल विवाह न्युनिकरण सम्बन्धी क्षमता अभिवृद्धी सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ ।
भेरी वातावरणीय विशिष्टता समूह (बि–ग्रुपको बाँकेको आयोजना, प्लान इन्टरनेश्नल नेपालको साझेदारी तथा ठाकुरबाबा नगरपालिकाको सहकार्यमा तालिम संचालन गरिएको थियो । परियोजना बिधालयका १२ बिधालयका २५ जना बिधालय ब्यबस्थापन समित, बिधालयका फोकल शिक्षक, प्रधानाध्यापक, र बाल क्लबका पदाधिकारीहरुको तालिमा सहभागीता रहेको थियो।
नेपाल सरकारले आगामी २०३० सम्ममा वालबिबाह उन्मुलन गर्ने रणनिति रहेको र दिगो विकास लक्ष्यको लक्ष्य नं ४ मा समावेशी तथा न्यायोचित र गुणात्मक शिक्षा सुनिश्चित गर्दै सबैका लागि जीवनपर्यन्त सिकाइका अवसरहरु प्रवर्धन गर्ने उल्लेख छ । यस सम्बन्धमा नेपालले विशेष गरेर बिपन्न परिवारले राज्यबाट पाउनु पर्ने लाभ नपाएका समुदायकोे पहुँच शिक्षामा पुग्न सकेको छैन् सन् २०३० सम्ममा प्राथमिक तहमा खुद भर्नादर र प्राथमिक तह पूरा गर्ने दर ९९.५ प्रतिशत र माध्यमिक तहमा सहजै देखिने भर्नादर ९९ प्रतिशत पु¥याउने लक्ष्य रहेको छ । यसै गरी कक्षा १ मा भर्ना भएका विद्यार्थीहरुमध्ये कक्षा ८ सम्म ९५ प्रतिशत विद्यार्थीहरु पुग्ने कुराको सुनिश्चित गर्ने, रोजगारीका निम्ति प्राविधिक एवम् व्यवसायिक दक्षता लगायतका सान्दर्भिक सीप दक्षता भएका युवा र वयस्कहरुको अनुपात ७५ प्रतिशत हुने सबै युवाहरु ९८ प्रतिशत वयस्क पुरुषहरु र महिलाहरुले साक्षरता र साङ्ख्यिक ज्ञान हासिल गर्ने, उच्च शिक्षामा लैङ्गिक असमानताहरु हटाउने जस्ता प्रगतिशिल लक्ष्यहरु पनि राखिएको छ ।दिगो विकासका लक्ष्य प्रगतिको समिक्षा गर्ने शिलशिलामा राष्ट्रिय योजना आयोगले प्राप्त गरेको सूचना अनुसार प्राथमिक शिक्षाको खुद भर्नादर तथा तह पूरा गर्ने दर र समग्र विद्यालय शिक्षामा लैङ्गिक सूचकमा सुधार आएका जस्ता सकारात्मक प्रगति देखिएता पनि सिकाइ उपलब्धिमा अपेक्षाकृत सुधार हुन सकिरहेको छैन् । समावेशी बालमैत्री तथा समतामूलक शिक्षा प्रदान गर्न विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सिर्जना गर्ने, विद्यालयलाई सिकाइको आकर्षक केन्द्रको रुपमा विकास गर्न विद्यालय भित्र हुने बाल विज्याँइ लगायतका भय, दण्ड तथा सबै खालका दुव्र्यवहारबाट मुक्त गर्ने, विद्यालयलाई सुरक्षित, सफा र संकट तथा जोखिमपूर्ण परिस्थितिसँग सामना गर्न उत्थानशील शिक्षा प्रदान गर्ने, विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिमा अभिभावकको सकारात्मक सहभागिता बढाउन विश्वास सिर्जना गर्ने, शिक्षाको विकास र विस्तारमा सम्बद्ध तीनै तहका सरकारहरु र अन्य संघ संस्थासँग सहकार्य, समन्वय र साझेदारीगर्ने ,अनौपचारिक शिक्षाको सुनिश्चितता गर्न वैकल्पिक उपागमहरुको पहिचान गरी कार्यमूलक साक्षरता तथा जीवनोपयोगी सीपसहित निरन्तर शिक्षाको बिकासमा टेवा पु्ग्ने गरि दिगो बिकास लक्ष्यमा समाबेश भएका छन्। उक्त दिगोबिकास लक्ष्यलाइ सफल पार्नका लागी प्लान इन्टरनेशनल नेपाल को आर्थिक तथा साझेदारिमा भेरि बिशिष्ट वाताबरण समृह (बि-ग्रुप)ले बर्दिया जिल्लाको ४ वटा स्थानिय तहसंगको समन्वयमा बालबिबाह न्यूनीकरण परियोजना मार्फत काम गरिरहेको छ ।
कार्यशालमा खानेपानी, सरसफाई तथा स्वच्छता, किशोर किशोरी प्रजनन्, स्वास्थ्य अधिकार तथा बाल विबाह न्युनिकारणका बिषयमा छलफल गरिएको छ । कार्यक्रममा सुरक्षित खाना, सुरक्षीत राख्नका लागि अपनाइने उपायहरु पुर्ण सरसफाईका लागि आवश्यक मुख्य व्यवहारमा साबुन पानीले हात धुने बानी, सुरक्षित पानीको प्रयोग, सुरक्षित खानाको प्रयोग, चर्पिको उचित प्रयोग, बालबालिकाको दिशापिसाबको उचित व्यवस्थापन, सफाघर आँगन, विद्यालय स्वास्थ्य संंस्था एवम अन्य कार्यलयको नियमित सरसफाई तथा वातावरणिय सरसफाईको विषयमा पनि बृहत रुपमा छलफल भएको छ ।
समाजमा शिक्षक, शिक्षिका, विद्यार्थी र अभिभावकहरुले यसको महत्व र आवश्यकता सबैलाई सिकाउन तथा जनचेतना जगाउन सक्ने भएकाले ठाकुरबाबा नगरपालिकाका १२ विद्यालयका आधारभुत र माध्यामिक तहका शिक्षक, शिक्षिका, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितीका पदाधिकारीहरुको सहभागीतामा कार्यक्रम संचालन गरीएको थियो ।
खानेपानी सरसफाई तथा स्वच्छता, किशोर किशोरी प्रजनन्, स्वास्थ्य अधिकार तथा बाल विवाह न्युनिकरण र्गन ठाकुरबाबा स्वस्थ्य शाखाका अधिकृत विष्णु प्रसाद ज्ञवालीले सहजिकरण गर्नुभएको छ ।