खजुरा । कल्पना फाउण्डेशन, नेपालद्वारा, आयोजित कथा सुनौ र सुनाऔ कथा वाचन तथा समीक्षा कार्यक्रम फाउण्डेशनकी अध्यक्ष, कल्पना पौडेलको अध्यक्षता र प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव सनत रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियाे।
प्रज्ञा प्रतिष्ठानका प्राज्ञसदस्य शशिराम कार्की, काव्य विभागका सदस्य मणि अर्याल,खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा ईन्द्र बहादुर भण्डारी, शिक्षाविद् जीत बहादुर शाह, साहित्यकार खगेन्द्र गिरी भारतीय साहित्यकार शारिक. रब्बानीको विशेष उपस्थिती र चरित्रा शाह, भिम बहादुर शाही,बाेधराज प्याकुरेल, गिता अर्याल गाेविन्द पाण्डे ,लक्ष्मी बस्याल ,मान बहादुर भण्डारी,ईन्दिरा गाैतम,हिमाल पाैडेल, सापकाेटा बिमला ज्ञवाली, प्रियङ्का वैश्य, विनाेद श्रीवास्तव, कमल कुमार चाैधरी,लक्ष्मी महतरा,तिला पाण्डे लगायत ३५जना भन्दा बढि साहित्य अनुरागि हरुको उपस्थितिमा भएकाे कार्यक्रममा फाउण्डेशन संरक्षक ऋषिराम सापकाेटाले स्वागत मन्तब्य राख्नु भएकाे थियाे । फाउण्डेशनकी अध्यक्ष कल्पना पाैडेलकाे जन्मदिन समेत रहेकाेले पहिलाे चरणमा केक काटेर सबैजनाले शुभकामना प्रदान गर्नु भएकाे थियाे। विनेसाम लुम्विनी प्रदेसका प्रदेशका अध्यक्ष लेकप्रसाद प्याकुरेलले सन्चालन गरेकाे कार्यक्रमकाे दाेस्राे चरणमा स्रष्टाहरुले कथा वाचन गर्नुभएकाे थियाे। कथाकाे समीक्षा सनत रेग्मी,डा ईन्द्रबहादुर भण्डारी,शशिराम कार्की, जितबहादुर शाह, खगेन्द्र गिरी काेपिला लगायत स्रष्टाहरुबाट वाचित कथाहरुकाे समीक्षा सहित थप सुझावहरु दिनुभएकाे थियाे।
|
२०८० जेष्ठ १, सोमबार प्रकाशित
© 2024: The World Nepal News मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Powerde by: The World Nepal News INC