बाल अधिकार तथा बाल विवाह न्यूनिकरण सम्बन्धि तालिम सम्पन्न

|

हुम्ला । सिमिकोट गाँउपालिकाको ४ वटा बिद्यालयमा बालक्लबका पदाधिकारी तथा बिद्यार्थीहरुलाई बाल अधिकार, बाल संरक्षण तथा बाल विवाह न्यूनिकरण सम्बन्धी तालिम प्रदान गरिएको छ । सिमिकोट गाँउपालिका वार्ड नं. ८ अन्र्तगत बलभद्र आधारभुत बिद्यालय र सैपाल हिमाल माध्यमिक बिद्यालय तथा सोहि पालिकाको वार्ड नं. २ ठेहेमा रहेको रामदेब माध्यमिक बिद्यालय र वार्ड नं. ३ अन्र्तगत रलिङ्ग माध्यमिक बिद्यालयका बाल क्लब पदाधिकारी र बिद्यार्थीहरुलाई लक्षित गरि उक्त तालिम सञ्चालन गरिएको थियो ।
उक्त २ दिने तालिम गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र किर्डाक नेपाल, हुम्लाको आयोजनामा सम्पन्न भएको थियो ।

तालिममा ४ वटा बिद्यालयबाट बाल क्लब पदाधिकारी तथा अन्य बिद्यार्थी सहित १०४ जना बालबालिका सहभागी भएका थिए । तालिममा बाल अधिकार भनेको के हो ? बाल अधिकार संरक्षण, बाल अधिकार र कर्तव्य, बाल अधिकार ऐनका साथै बालविवाह न्यूनिकरण, बालविवाह सम्बन्धि कानुनी अड्चन र यसका बेफाइदाका सम्बन्धमा प्रशिक्षण दिइएको थियो । सैपाल हिमाल माध्यमिक बिद्यालयका प्रधानाध्यापक देब बहादुर बुढाले यस्तो खाले तालिमबाट दुर्गम क्षेत्रका बालबालिकाहरुले किताबी ज्ञान भन्दा बाहिरका कुरा जान्ने, बुझ्ने तथा सिक्ने र बाल अधिकार संरक्षणका लागी आवाज उठाउन बालबालिकाहरु स्वयम जागरुक हुन प्रेरित गर्ने बताउनु भयो ।

बाल अधिकार हनन् तथा बाल विवाह जस्तो बिकराल सामाजिक समस्यामा निहित भएर संचालन भएको प्रशिक्षणमा बालबालिकाहरुको सकृय सहभागीता रहेको र आगामी दिनमा पनि अझ बृहत रुपमा निरन्तरता दिनका लागी बालक्लबबाट आह्वान गरिएको प्रशिक्षक तथा गुड नेवर्स इन्टरनेशनल नेपालका प्रायोजन सेवा तथा बाल संरक्षण सहायक हिमाल पहरीले बताउनु भयो । तालिममा सहभागी सम्पूर्ण बालबालिकाहरुद्वारा आफु पनि बाल विवाह नगर्ने र समुदायका अन्य बालबालिकाहरुलाई पनि बाल विवाह गर्न नदिने हस्ताक्षर सहित प्रतिबद्घता जनाएका छन् । तालिम पश्चात समुदायमा बालविवाहमा न्यूनिकरण हुने तथा बाल अधिकार हनन्का घटनाहरुमा कमी आउने अपेक्षा गरिएको छ ।

२०८० बैशाख १४, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।