
गुलरिया । शिक्षक निर्देशिका, पाठ्यक्रम र पाठ्यपुस्तकमा भएका बिषयबस्तु संग मिल्ने र बालमैत्री पठन सामाग्री निर्माण गर्ने, छापामय कक्षा कोठा व्यवस्थापन गराउन, लैगिंकमैत्री तथा बालमैत्री शैक्षिक सामाग्री निमार्णका गर्न शिक्षकहरुका लागी प्रारम्भिक सिकाई पढाई सन्दर्भ सामाग्री निमार्ण र प्रयोग सम्बन्धी तालिम गुलरिया नगरपालीका तथा ठाकुरबाबा नगरपालीकामा शुरु गरिएको छ ।
३ गते देखि ५ गते सम्म संचालन हुने तालिममा परियोजना लागु भएका ठाकुरबाबा नगरपालीका तथा गुलरिया नगरपालीकाका बिभिन्न वडाका बाल बिकास केन्द्र देखि कक्षा ३ सम्मका कक्षा शिक्षकहरुलाई लक्षित गरि उक्त तालिम संचालन गरिएको हो । परियोजना लागु भएका ठाकुरबाबा नगरपालीकाका सामुदायिक बिधालयमा १५ जना र गुलरिया नगरपालीकाका २२ जना कक्षा शिक्षकहरुको सहभागीता रहेको र उक्त तालिम प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेको साझेदारि तथा ठाकुरबाबा नगरपालीका र गुलरिया नगरपालीकाको शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा संचालन भएको थियो । तालिम सहजिकरण राष्ट्रिय सेतोगुरासका सहजकर्ता झल कार्कि र राधा मल्ल सहजिरकण गरिरहेका छन् । तालीमको उदघाट्न सत्रमा स्याक नेपालकाका सहसचिब बिष्णु अधिकारीले पुर्व कालमा शिक्षण सिकाई परम्परागत रुपमा परम्परागत पदति अनुसार शिक्षण सिकाई गर्ने गरेको र हाल बिधालय तहमा शैक्षिक सामाग्री, शिक्षण बिधि पाठ्यक्रम,सिकाई प्रकृया बाल केन्द्रित रहेको छ । बिधालयमा तहमा दिइने शैक्षिक गतिबिधिहरुलाई बालकेन्द्रित गर्न सके बिधालयमा शिक्षा गुणस्तरीय गर्न सकिने बताउदै अझ पनि बिधालय तहको शिक्षण गतिबिधि शिक्षक केन्द्रित हुदा सोचेजस्तो हासिल हुन सकेको छैन । बिधालय तहमा पनि घरपरिवारमा दिने बातावरण बिधालय तहमा सृजना गर्न सके उनीहरुको ब्यबहार र धारणामा परिर्वतन हुने बताउनु भयो । र तालिममा सिकेका कुरा कक्षाकोठामा प्रयोग गर्न सके बालकेन्द्रित मैत्री कक्षाकोठा बनाउन सकिने बताउदै तालिमले लिएको उदेश्य पुरा गर्न सकिनेछ ।
सस्थाका सहसचिब अधिकारीले पालिका भित्रका सबै बालबालीकाले शिक्षाको पहुच पुयाउनका र शैक्षिक गुणस्तर सुधारगर्न बिभिन्न योजना बनाई अगाडी बढीरहेको बालमैत्री तथा लैगिकमैत्री बिधालय पुर्व कक्षाहरुलाइ नमुना बनाउने कार्यमा प्रयास भइरहेको बताउनु भयो । प्लान इन्टरनेशनल स्याक नेपाल बाँकेका सिकाइ परियोजना अधिकृतले बिधालयमा बालिकाहरुको सहभागीता, गुणस्तरिय शिक्षा प्रदान गर्न र अभिभावकको बिधालयमा सक्रिय सहभागीता हुन आबश्यक रहेको र यसको सुधारको मुख्य कडीको रुपमा शिक्षक नै महत्वपुर्ण पात्रका रुपमा रहने हुदा हाम्रो जिम्मेवारी, कुशतला बिधालयको कक्षाकोठामा अनिवार्य रुपमा देखाउदा नमुना बिधालय बन्न सक्ने शिक्षकको मर्यादित पेशालाई कायम राख्नुपर्ने बताउनु भयो स्याक नेपाल बाँकेले बिगत लामो समयदेखि सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आइरहेको र प्लान इन्टरनेशनल नेपालको सााझेदारिमा यस गुलरिया नगरपालीकामा ७ र ठाकुरबाबा नगरपालीकामा १२ गरि जम्मा १९ वटा बिधालयमा सिकाइ परियोजना मार्फत बालीकाको बिधालयमा पहुच तथा बालबालीकाहरुको शैक्षिक गुणस्तिर बृद्धिका लागी परियोजना मार्फत बिभिन्न कृयाकलाप संचालन गरेको परियोजना परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी गरेका थिए ।