नयाँ बर्ष २०८० को हार्दिक शुभकामना -दिक्षा बस्नेत

|

नयाँ बर्षमा सम्पुर्ण, प्यारहरुलाई शुभकामना,
मित्रतामा समर्पित, यारहरुलाई शुभकामना !!

कोरोनालाई परास्त पार्दै, जोशहरुको रफ्तार बढोस,
सुस्त पछी अघी बढ्ने, हतारहरुलाई शुभकामना !!

भ्रष्टाचारबाट रोकियोस मुलुक, महंगी बाट जोगियोस्,
दु:खि अनि गरिबका, हाट बजारहरुलाई शुभकामना !!

शान्तिको सन्देश बोकेर नयाँ बिहानि अब उदाओस्,
आउने प्रगति र उन्नतिका,समाचारहरुलाई शुभकामना !!

कसैलाई रोग नलागोस्, स्वास्थ्य जीबन बांच्न पाइयोस्,
तराइ, पहाड हिमाल अनि, किनारहरुलाई शुभकामना !!

बिगत जस्तै हुदै नहोस, निराकार होस भ्रष्टचारको
अब आउने जनताका, सरकारहरुलाई शुभकामना !!

राजनीतिका काला बादल, हटेर जाओस् ८० सालमा,
सकारात्मक संकेतका, आधारहरुलाई शुभकामना !!

प्रेमका पनि कुरा होउन्,सोचेको सबै पुरा होउन्
नयाँ बस्न लागेका,घरवारहरुलाई शुभकामना !!

दिक्षा बस्नेत
उपाध्यक्ष
गैर आवासिय नेपाली संघ अमेरिका।

२०७९ चैत्र ३०, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।