सुर्खेत/ नेपाल युवा परिषद कर्णाली प्रदेश सुर्खेतको आयोजना शितल एग्रोभेट ट्रेडिङ सेन्टर सुर्खेत, श्रीजना पोलिक्लिनिक सुर्खेत, कर्णाली एगृकल्चर सोसाइटी, तथा नेपाली युवा (कोरियामा बैदेशिक रोजगारमा हुनुभयका) हरुको सहयोगमा बराहताल सुर्खेतको वडा न ४ मा अवस्थित दुइटा क्वारेन्टाइन (पुर्ब साबधानी गृह) श्री भेरी माध्यामिक बिद्यालय र श्री सरस्वती माध्यमिक बिद्यालयमा रहेका प्रत्येक ब्यक्तिलाई मास्क, साबुन , ब्रस, मन्जन तथा पुनः प्रयोग गर्न मिल्ने पानी खाने बोटलहरु उपलब्ध गराइएको नेपाल युवा परिसद कर्णाली प्रदेश सुर्खेतका सचिब रमेश कठयातले जानकारी दिनु भयो ।
उक्त सामानहरु सोही वडाका वडा अध्यक्ष टेक बहादुर कठायतको रोहबरमा क्वारेन्टाइनमा बसेका ब्यक्तिहरुलाई उपलब्ध गरिएको थियो भने उहाँले नेपाल युवा परिषद कर्णाली प्रदेश र सहयोग गर्ने ब्यक्तिहरुलाई उक्त कार्यक्रमको लागि धन्यवाद ज्ञापन गर्नु भएको थियो ।सहयोग सानो ठुलो जस्तो पनि हुन सक्छ र सहयोग गर्न दृढता हुन जरुरी छ । हाम्रो एउटा सानो सहयोगले कसैको लागि राम्रो हुन्छ भने किन नगर्ने भन्दै सहयोग गर्ने सम्पुर्णलाई नेपाल युवा परिषद कर्णाली प्रदेशका संयोजक श्री इन्द्रजीत सुनारले कृतज्ञता ब्यक्त गर्नु भयो।
उक्त कार्यक्रम वराहताल गा पा वार्ड न ४ का अध्यक्ष टेक बहादुर कठायत, वडा सदस्य सुमन गुरुङ, नेपाल युवा परिषद कर्णाली प्रदेशका संयोज इन्द्रजीत सुनार , सचिब रमेश कठायत र सदस्यहरु सुशील न्यौपाने र पुष्कर भारतीको उपस्तिथिमा रहेको थियो । यो अभियान जारी रहने भएकोले सहयोग र साथ दिन महानुभाबहरुले साथ र सहयोगका लागि ९८५१२११६७७ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
सहयोग गर्ने ब्यक्तिहरुको विवरण
क. श्री युबराज शाही ( हाल कोरिया )– रु ६०००
ख. डा .रोशन पर्यासी (श्रीजना पोलिक्लिनिक सुर्खेत) ( रु २५००
ग. श्री योगेश बि सि ( शितल एग्रोभेट ट्रेडिङ सेन्टर सुर्खेत) ( रु २०००
घ. कर्णाली एगृकल्चर सोसाइटीका तर्फ बाट
अ) केशर बहादुर शाही ( रु २०००
आ) हरि सुवेदी ( रु १५००
इ) मदन मणि सापकोटा ( रु १५००
ई) बखत खड्का – रु १०००