
बारबर्दिया / समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा, सबैको अभियान मुल नाराका साथ बारबर्दिया नगरपालिकाले विद्यार्थी भर्ना अभियान २०८० सञ्चालनका लागि बारबर्दिया नगरपालिकाको १२ बुँदे अपिल जारी गरेको छ । विद्यालय उमेर समुहका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराई शिक्षा सम्बन्धी मौलिक अधिकार सारभूत रूपमा कार्यान्वयन गर्न शैक्षिक सत्र २०८० को विद्यार्थी भर्ना कार्यक्रमलाई अभियानका रुपमा संचालनका लागि बारबर्दिया नगरपालिकाले विभिन्न कार्यक्रम गर्ने सम्बन्धित सराकोरवाला निकायसँग आज भर्ना अभियानको बारेमा बृहत छलफल गरेको छ ।
आज भएको छलफलमा यस अभियानलाई प्रभावकारी रुपमा सफल पार्न सबैको साथ र सहयोगका लागि नगरपालिकाले अपिल समेत गरेको छ । भनाँ अभियान यही नयाँ बर्ष २०८० साल बैशाख महिनाको ३ गते देखि १० गते सम्म पहिलो चरणमा विद्यालयमा भर्ना हुन आउने बालबालिकालाई विद्यालयले विभिन्न फूलमाला तथा टीका लगाएर स्टेसनरी, पुस्तक, छात्रवृत्ति दिएर कार्यक्रम सञ्चालन गरी स्वागत गर्ने योजना बनाएको छ साथै तिनै बालवालिकाहरु मार्फत अरु बालबालिकालाई समेत भर्ना गराउनका लागि उत्प्रेरित गर्ने साथै विद्यालयमा भर्ना हुन नआएका बालवालिकाहरुका लागि वैशाख ११ गते देखी १६ गते सम्म दोस्रो चरणमा भर्ना गर्न निमन्त्रणा पत्रसहित घरदैलो भ्रमण गरी अभिभावकलाई शिक्षाको महत्व सम्बन्धी परामर्श गरिने कार्यक्रमको योजना बनाइएको छ ।
सामाजिक विकास समितिका संयोजक श्याम कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको बृहत छलफलमा प्रमुख अतिथि नगर प्रमुख छविलाल थारुले भर्ना अभियानलाई सबै क्षेत्रबाट सहयोग हुनु पर्नेमा जोड दिनुभयो । त्यसैगरि विशिष्ट अतिथि नगर उपप्रमुख रत्न कुमारी पाण्डले शिक्षा क्षेत्रमा बारबर्दिया नगरपालिकाले सक्दो बजेट विनियोजन गरि सहयोग गरिरहेको बताउनुभयो । सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले यो भर्ना अभियानलाई सबै मिलेर सफल पार्नु पर्नेमा जोड दिनुभयो ।
सो अन्तरक्रियामा सामाजिक सँघसस्थाको तर्फबाट स्याक नेपालका परियोजना संयोजक लक्ष्मी प्रसाद शर्मा, बी–ग्रुपका प्राविधिक संयोजक सोम गुरुङ्ग र बिल्डअनका किशोर चौधरीले आ–आफना विचार राखेका थिए । सो अन्तरक्रियाको सहजीकरण शिक्षा, युवा खेलकुद शाखाका प्रमुख टिकानाथ गोसाईले गर्नुभएको थियो । सो अन्तरक्रियामा बडघर, सम्पुर्ण कार्यपालिका सदस्य तथा प्राधानाध्यापक तथा सन्चारकर्मीको सहभागिता रहेको थियो ।
विद्यार्थी भर्ना अभियान २०८० सफल पार्न बारबर्दियाको १२ बुँदे अपिल