नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

|

काठ्माडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । बिहीबार दिउँसो सकिएको मतगणनामा पौडेलले नेकपा ९एमाले० का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपतिमा निर्वाचित भएका हुन् । तर, मतपरिणामको औपचारिक घोषणा भएको छैन ।
पौडेलले संघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ गरि ३३ हजार ८ सय २ मतभार ल्याए । एमाले उम्मेदवार नेम्वाङले संघमा ७ हजार ७ सय ४२ र प्रदेशमा ७ हजार ७ सय ७६ गरि १५ हजार ५ सय १८ मतभार ल्याए ।
पौडेललाई कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चालगायतले मतदान गरेका थिए ।
राप्रपा र नेमकिपा भने राष्ट्रपति निर्वाचनमा सहभागी भएनन् ।

२०७९ फाल्गुन २५, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।