हरेक घरमा ‘पढाइ कुना निर्माण’

|

बर्दिया /  बर्दियाको ठाकुरबाबा नगरपालीका वडा नं.२ निबासी आरती थारुकी छोरी प्रकृती थारु ज्ञानोदय आधारभुत बिधालय कक्षा ४ मा पढ्छिन्। उनी सधैं विद्यालय गए पनि घरमा पढ्ने बानी पटक्कै थिएन। विद्यालयबाट घर आउँदा विद्यालय पोसाक र झोला जहाँ पायो त्यही फाल्थिन्। तर उनको घरमा पढाइ कुना बनाएपछि उनको व्यवहारमा निकै परिवर्तन भएको छ। प्रकृतीको घरको एक कोठालाई विभिन्न शैक्षिक सामग्रीहरू टाँसेर सिकाइमैत्री कोठा अर्थात् पढाइ कुना बनाइयो । सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारि तथा बर्दिया जिल्लाका बारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरिया नगरपालीका र गेरुवा गाउपालीकाको समन्वय सहकार्यमा बालबालिकाको सिकाइ स्तर बढाउन बनाइएको पढाइ कुनाले प्रकृतीको दैनिकी कृयाकलाप फेरिएको छ ।
प्रकृतीको पढाइ कुनामा कापी कलम, पोसाक राख्ने ठाउँ छ । विद्यालयबाट आएपछि त्यसै कोठामा झोला र विद्यालय पोसाक राख्छिन्। हरेक दिन अभिभावकले समय दिएर छोरीको पढाइमा सहयोग गर्छन्। प्रकृतीकी आमा आरती भन्छिन्, ‘पहिले हामीलाई यस्तो पढाइ कुना भन्ने थाहा थिएन्। सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारि तथा नगरपालीकाले सिकाइ अनुसार घरमा पढाइ कुना बनाएपछि छोरीको घरमै पढ्ने बानी परेको छ ।’ प्रकृतीले पढाइ कुनामा हरेक दिन करिब दुई घण्टा पढ्छिन्।
बारबर्दिया नगरपालीका वडा नं. ११ कि सैलीजा ढोटैली, गेरुवा गाउँपालीका वडा नं ५ को आइसा थारुको घरमा पनि पढाइ कुना छ। उनी हरेक दिन विद्यालयबाट घर आउँदा पढाइ कुना भएकै कोठामा जान्छिन्। उनले लगाउने कपडा, विद्यालयको पोसाक र शैक्षिक सामग्रीहरू त्यही राख्छिन्। उनी विद्यालयबाट दिएको गृहकार्य त्यही गर्छिन्। त्यही कोठामा पढ्छिन्।
पहिले उनको घरमा पढाइ कुना नहुँदा नियमित पढ्ने बानी थिएन्। आजभोलि नियमित पढ्छिन्। घरमा बुवाआमाले पनि नियमित पढे, नपढेको विषयमा सोधखोज गर्छन्। यसले नियमित गृहकार्य गर्ने, पढ्ने बानीको विकास हुनुका साथै शैक्षिक सामग्रीको सुरक्षा र व्यक्तिगत सरसफाइमा निकै सुधार भएको छ।
आइसा भन्छिन्, स्याक नेपाल बाँकेले परियोजना संचालन पछि ‘पढाइ कुना बनाइएको कोठामा जाउँ जाउँ लाग्छ। पढौं पढौं लाग्छ। पहिले घरमा पढ्नै मन लाग्दैनथियो। विद्यालय गएर पढ्ने हो जस्तो लाग्थ्यो। अहिले विद्यालयभन्दा घरमा बनाइएको पढाइ कुनामा बढी बढ्न मन लाग्छ।’
प्रकृती, आइसा, सैलीजाको घरमा मात्र होइन । बर्दिया जिल्लाका बारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरिया नगरपालीका र गेरुवा गाउँपालीकाको परियोजना संचालन भएका करिब २ सय ८७ घरधुरीमा पढाइ कुना निर्माण गरिएको सिकाइ परियोजनाका परियोजना प्रमुख लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।
प्लान इन्टरनेसनलको आर्थिक सहयोग, स्याक नेपाल बाँकेको सहजीकरण तथा बारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरिया नगरपालीका र गेरुवा गाउपालीको समन्वयमा पढाइ कुना बनाइएका हुन। शर्मा भन्छन् ‘विद्यार्थीको सिकाइ स्तर कमजोर भएका परिवारमा अभिभावक शिक्षा कार्यक्रममार्फत अभिभावकबाटै आफ्ना बालबालिकाको सिकाइ सुधारका लागि पहिलो पाठशाला घर बनाउन असल अभ्यासको सुरुवात गरेका छौं।

प्लान इन्टरनेसनलको आर्थिक सहयोग, स्याक नेपाल बाँकेको सहजीकरण तथा बारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरिया नगरपालीका र गेरुवा गाउपालीको समन्वयमा २५ वटा विद्यालयको सेवाभित्रका २५ वटा समुदायमा कक्षा १ देखि ३ सम्मका सिकाइ स्तर न्यून भएका, आर्थिक रूपमा विपन्न दलित समुदायका ७ हजार बालबालिकाहरूका लागि सिकाइ केन्द्रहरू सञ्चालन गरिएको छ ।
बिजय प्राथामिक बिधालय बारबर्दिया नगरपालीका वडा नं ११ प्रधानाध्यापक धरमेन्द्र थारुले पढाइ कुना र सिकाइ केन्द्र सञ्चालन भएपछि बालबालिकाको पढाइको रुचि बढेको र सिकाइ स्तरमा पनि सुधार भएको बताए ।
ठाकुरबाबा नगरपालीकाका कार्यलय प्रमुख रामहरि रिजालले सस्थाले बिगत लामो समयदेखि शिक्षाको क्षेत्रमा काम गरेको र सस्थाले संचालन गरेका हरेक कृयाकलापमा नगरपालीकाको समन्वय सहकार्य रहेको छ । सस्थाले पुर्व प्राथामिक तहमा गरेको लगानी सार्थक र उपलब्धी मुलक भएको बताउनु भयो ।

बारबर्दिया नगरपालीका नगर प्रमुख छबिलाल थारुले प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेले यस बारबर्दिया नगरपालीकाको शैक्षिक गुणस्तिर बृद्धिका लागी उल्लेखनिय कार्य गरेको छ । राज्यको नजर नपुगको ठाउमा सस्थाले पुर्वप्राथामिक कक्षाहरुलाइ नमुना बनाउने,आइसिटि सहयोग मार्फत प्रबिधि मैत्री सिकाइ,अभिभाक शिक्षा,भौतिक पुर्वाधार निर्माण,र पालीका स्तरको शिक्षा निति, शिक्षा योजना, र स्थानिय पाठ्यक्रम निर्माण गर्नमा महत्वपुण भुमिका निर्वाह गरेको छ । तसर्थ परियोजना मार्फत बनाइएका घरमा सिकाइ कुना र सिकाइ केन्द्रले बालबालिकाहरूको सिकाइमा उल्लेख्य सुधार भएको बताए ।

२०७९ फाल्गुन १९, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।