खजुरा । बाँकेको खजुरा गाउँपालिकामा निर्माण भएको स्थानीय पाठ्यक्रम सम्बन्धि दुई दिने कार्यशाला शुरु भएको छ । खजुरा गाउँपालिकाको आयोजना तथा प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामाजिक सचेतन सरोकार मंच (स्याक) नेपाल बाँकेको साझेदारिमा सोमबारदेखि दुई दिने कार्यशाला संचालन गरिएको हो ।
कार्यशालामा बोल्दै वडा नं २ का वडा अध्यक्ष धनराम ओलीले स्थानीय पाठ्यक्रमले शैक्षिक सिकाईलाई दिगो बनाउन मद्दत पुर्याउने बताउनुभयो । स्थानीय पाठ्यक्रममार्फत स्थानीय स्तरमा सस्कृति मठ मन्दिर,पाटि पैवा,खेल र खजुराको समुन्न तथा वातावरणसहितको समग्र अवस्थाका बारेमा बिद्यार्थी जानकार बन्ने वडा अध्यक्ष ओलीले बताउनुभयो ।
स्याकद्धारा खजुरामा संचालित सिकाई परियोजना अन्तर्गत आयोजना गरिएको कार्यशालाले निर्माण गरिएको स्थानीय पाठ्यक्रमलाई नमुनाको रुपमा निर्माण गरि मूर्त रुप दिनेछ । उद्घघाटनमा खजुरा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र बहादुर मल्ल, स्याकका कार्यवाहक अध्यक्ष बबिता शाह लगायतको उपस्थिति रहेको थियो ।
कार्यशालालाई शिक्षाविद जित बहादुर शाहले सहजीकरण गरिरहेको परियोजना संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।