प्रदेश रत्न पदकद्वारा गायक वाग्ले विभूषित

|

दाङ्ग । लुम्विनी प्रदेश स्थापना दिवसको दिन लुम्विनी प्रदेश सरकारले सुशोभन् तथा बिभिन्न पेशा र विधाको माध्यमबाट बिभिन्न क्षेत्रमा योगदान दिनु हूने विशिष्ट ब्यक्तित्वहरुलाई बिभूषणद्वारा सम्मानित गर्दै पदक वितरण गरेको छ ।
प्रदेश प्रमुख, मुख्य मन्त्री तथा मन्त्री एवम् सचिवहरुको उपस्थितीमा संचालित प्रदेश स्थापना दिवस एवम् सुशोभन कार्यक्रम विभिन्न झाँकी तथा साँकृतिक नृत्य प्रतिस्पर्धाबाट सुरु गरिएको थियो भने त्यस पश्चात पदक वितरण गरिएको थियो । लम्विनी प्रदेश राजधानी राप्ती गाउँपालिका –३ , दाङ्ग, श्रीचौरमा कार्यक्रम संचालन गरिएको थियो।
प्रदेश पदकबाट सम्मान पाउनुहुने विशिष्ट ब्यक्तित्वहरु मध्ये युवा गायक तथा संगीतकार बि. पी. वाग्लेलाई प्रदेश रत्न द्वितीय पदकद्वारा बिभूषीत गरिएको छ । नेपाली गायन संगीतमा बिगत १ दशक देखि राष्ट्र प्रेम, प्रकृति प्रेम, मायाँ प्रेमका संवेग, शिक्षा, स्वास्थ्य सम्वन्धि सचेतनात्मक गीतमा स्वर एवम् संगीत दिएका वाग्लेलाई शिक्षा, वातावरण, देशभक्ति, पर्यटन विधाहरूमा देशभक्ति तथा जनचेतनामूलक गायन र संगीतको माध्यमबाट सामाजिक जागरणमा सहयोग पुर्याई सामाजिक रुपान्तरणमा योगदान दिएवापत नेपाल सरकारले विभूषित गरेको हो।
करिव ६ दर्जन भन्दा बढी स्वदेश,आधुनिक, पप,लोक पप, प्रकृति प्रेम लगाएत अन्य बिविध गीत संगीतमा स्वर एवम् संगीत दिएका राष्ट्रिय गीत संगीतमा स्थापीत गायक बि. पी. वाग्लेका – हे आमा…, मैले त कत्तिधेरै खोजें…, आज तिहारको रमाईलो चाड…, आज भोली आउँदिनौं तिमी…, सिंगल छु घर पोखरा…, रारा ओ रारा…, नेटो काट्यो जवानीले…, अशान्तमा म थिएँ…, संजोगले भेटेको फेरी… जस्ता गीतहरु रहेका छन्।

२०७९ फाल्गुन ४, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।