पोखरामा यति विमान दुर्घटना, ६४ जनाको शव भेटियो

|

पोखरा । यति एयरलाइन्सको विमान दुर्घटनमा ज्यान गुमाएका ६४ जनाको शव संकलन गरिएको छ । ३१ जनाको शव घटनास्थलबाट अस्पताल पुर्याइएको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिएका छन् । उनका अनुसार ३३ को शव दुर्घटना स्थलमै संकलन गरेर राखिएको छ ।
उद्धार टोलीले थप आठ जनाको खोजी गरिरहेको छ ।

आइतबार (आज) बिहान चार चालक दलका सदस्यसहित ७२ जना सवार विमान पोखरा विमानस्थल नजिक सेती खोँचमा दुर्घटनमा परेको थियो ।

यति एअरलाइन्सको प्रेस विज्ञप्ति

 

२०७९ माघ १, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।