
नेपालगन्ज / विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेश शाखाले आज नेपालगन्जमा कृति विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेश शाखाका अध्यक्ष लेकप्रसाद प्याकुरेलको सभापतित्वमा आयोजना गरिएको सम्मान, कृति विमोचन,कृति समिक्षा कार्यक्रममा बर्दिया शाखाको घोषणा समेत गरिएको छ । सो कार्यक्रममा उपाध्यक्ष चरित्रा शाहले स्वागत मन्तब्य राख्नु भएको थियो ।
बरिष्ठ पत्रकार पूर्णलाल चुके र उपन्यास बुह्रानका कृतिकार महानन्द ढकाललाई प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका पुर्व सचिव सनत रेग्मीद्वारा सम्मान गरिएको थियो। काठमाडौका स्रष्टा दामोदर ढकालको तिर्था उपन्यास र माधव विडारीको अनन्त यात्राको समीक्षा हिरा बहादुर खत्री र हरि सुवेदीले गर्नु भएको थियो । भने पाठक प्रतिक्रिया क्रमस जित बहादुर शाह र खगेन्द्र गिरी कोपिलाले दिनुभएको थियो।
गीता अर्याल द्वारा सञ्चालन गरेको कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ बर्दिया शाखाको घोषणा विनेसाम विश्व केन्द्रिय समिति संगठन सचिव तथा नेपाल शाखा कि अध्यक्ष कल्पना पौडेल जिज्ञासु ले गर्नुभएको थियो। बर्दिया शाखाको अध्यक्षमा प्रभात सुवेदी,उपाध्यक्षमा डिल्लिराज अर्याल,विजया सुवेदी पौडेल महासचिव भोजराज गौतम, सचिव सोमनाथ लुइँटेल,कोषाध्यक्षगणेश लम्साल सदस्यहरुमा टुकनाथ भुसाल यदुनन्दन पौडेल,हरिप्रसाद त्रिपाठी,ढकाराम ढकाल,प्रशना सुवेदी र अभिनन्दन सुवेदी चयन भएका छन् ।