सहयात्री नेपालद्धारा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण

|

बाँके / दिन प्रति दिन बढ्दै गरेको जाडोलाई मध्यनजर गर्दै सहयात्री नेपालको सहयोगी हातहरु अभियान अन्तर्गत बाँके जानकी गाउँपालिका वडा नम्बर ३ स्थित समाज विकास प्रबन्ध केन्द्र, बाँकेमा रहेका कुल १४ जना बालबालिकाहरुलाई न्यानो कपडा तथा पठन पाठनलाई सहयोग पुर्याउन स्टेसनरी सामाग्री बिकास केन्द्रका अध्यक्ष मिन बहादुर अर्याललाई हस्तान्तरण गरिएको छ ।
साथै उक्त अभियानमा आर्थिक सहयोग हाल अस्ट्रेलिया निवासी समाजसेवी रत्ना गौतमको रहेको थियो ।
उक्त कार्यक्रमको उद्घोषणमा संस्थाका सचिव अन्जना चतुर्वेदीले संस्थाले बिगत लामो समय देखि बालबालिका तथा युवाहरुको क्षेत्रमा कार्य गरेको बताईन् । यी समाग्रीले बालबालिकाहरुको पठन पाठनमा निकै सहयोग पुग्ने र यसरी बालबालिकाहरुलाई सहयोग गर्न आउनु भएकोमा धन्यवाद दिदिदै अझै आउने दिनहरुमा सहयोगको अपेक्षा राख्दै बिकास केन्द्रका अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।
उक्त बितरण कार्यमा सहयात्री नेपालका सम्पुर्ण पदाधिकारीहरुको उपस्थिति रहेको थियो। भने चीसोबाट जोगिनका लागि गरिब तथा फूटपाथमा रात बिताउनेहरूलाई सबैको सहयोगमा न्यानो कपडाहरू वितरण गर्ने सहयात्री नेपालका उपाध्यक्ष अरुणा गुरुङले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष ऋतिक शाहीले मानवसेवाको कार्यमा आफू र संस्थाका सम्पुर्ण पदाधिकारीहरुको सक्रियता सकुन्जेलसम्म कायम राख्ने बताए । उनले सामाजिक कार्यमा सबैको सहयोग आवश्यक हुने बताउँदै आफ्नो क्षमता अनुसार गरीब, दीनदुःखीलाई मदत गर्न आह्वान पनि गरे ।

२०७९ पुष १८, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।