रचना वाचन र भक्तपुर जिल्ला शाखा गठन

|

काठमाण्डौ / विश्व नेपाली साहित्य महासंघ नेपाल शाखा र बागमती प्रदेश शाखाको सयुंक्त आयोजनामा बिशेष रचना वाचन र भक्तपुर जिल्ला शाखा गठन समारोह एक भब्य कार्यक्रमका बिच जेष्ठ नागरिक शिब कुमारी के.सी.लाई सम्मान गर्दै सम्पन्न भएको छ ।
उक्त समारोहमा ३० भन्दा बढि कवि तथा साहित्यकारहरूले आआफ्नो रचना वाचन गर्नुका साथै शुभकामना मन्तब्य राखेका थिए । सो कार्यक्रमको अध्यक्षता विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाकि अध्यक्ष कल्पना पौडेल जिज्ञाँसु ज्यू र प्रमुख अतिथिको आतिथ्यता विश्व नेपाली साहित्य महासंघ केन्द्रका साहित्य र सञ्चार विभाग प्रमुख दामोदर कुमार ढकाल “ दिपक“ ले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको सचिव ईश्वर कृष्ण बहादुर के.सी.ले पृथक शैलीमा कविताबाटै आशन ग्रहण गराउँदै सञ्चालन गर्नु भएको थियो। सो कार्यक्रमका अन्य विशिष्ट अतिथिहरुमा प्रा. डा. शैलेन्दु प्रकाश नेपाल, कवि कृष्ण बहादुर के.सी.को माता शिब कुमारी के. सी., बिनेसाम केन्द्रका आर्थिक सचिव के.बि. पौडेल र विनेसाम नेपाल शाखाको सल्लाहकार मणि राज सिंह साथै अन्य अतिथिहरुमा विनेसाम नेपाल शाखाको उपाध्यक्ष सीता बिष्ट कार्की, राष्ट्रिय सुसेली मञ्च नेपालका अध्यक्ष दुर्गा अधिकारी, वरिष्ठ साहित्यकार चन्द्रा न्यौपाने, सुशीला ढकाल अधिकारी, सूचिता काफ्ले, बासुदेव ठकुरी, विनेसाम बागमती प्रदेशका महासचिव माधव बिडारी, कवि धरणीधर गुरागाईँ, कवि सुरेशचन्द्र घिमिरे, पूर्व सेनानी टंक बहादुर खत्री, जिज्ञांसु पौडेल तिलक, कुलेश्वर पुडासैनी, गुनु के.सी. राधिका रिमाल, भूमीका राई, रिता सिँह., गंगा प्रसाद तिवारी, सुबास सुबेदी, शिशिर ढकाल, विश्वास ढकाल, रेणु घिमिरे, संगीता ठाकुर लगाएत अन्य दर्जनौं साहित्यकारहरुको उपस्थिति रहेको थियो।
उक्त समारोहमा स्वागत मन्तव्य माधब बिडारीले कवितात्मक शैलीमा गर्नु भएको थियो। राष्ट्रियगान पछि कार्यक्रमका अध्यक्ष र प्रमुख अतिथिज्यु ले सयुंक्त रूपमा द्वीप प्रज्वलन गरि कार्यक्रमको समुदघाटन गरिएको थियो। उक्त समारोहमा विनेसाम केन्द्रिय आर्थिक सचिव के.बि.पौडेलू र नेपाल शाखा का सल्लाहकार मणि राज सिंह ज्यू ले शुभकामना मन्तब्य राख्नु भएको थियो। त्यस्तै आदरणीय गुरु डा.प्रकाश नेपालले यस्ता साहित्यिक कार्यक्रम निरन्तर रूपमा गर्न र आफू हरतरहले सहयोग गर्न तयार रहेको बताउनुभयो ।
उक्त समारोहमा ११ सदस्यीय विनेसाम भक्तपुर शाखा गठनको प्रस्तावको नामावलि अध्यक्षले पढेर सुनाउनु भयो र प्रमुख अतिथिले टिका र खादा लगाई स्वागत गर्दै नवगठित टिमलाई कार्यसफलता को शुभकामना दिंदै आफू हरतरहले विनेसामको केन्द्र देखि नेपाल , प्रदेश र जिल्ला शाखाको साहित्यिक कार्यक्रम सम्पन्न गर्न सहयोग गर्न तयार रहेको बताउनु भयो ।
भक्तपुर शाखाः–
अध्यक्ष ः– रेणु घिमिरे
उपाध्यक्षः–
सचिवः– संगीता ठाकुर
सह सचिवः– मोहिनी पौडेल
कोषाध्क्षः– सविता कोईराला
सदस्यः– राजबाबु श्रेष्ठ
सदस्यः– दुर्गा बराल
– जगत नेपाल
– भूमीका शर्मा
– तारा सुनुवार
– श्री के .सी.
सल्लाहकार
मणिराज सिंह
डा. राधेश्याम ठाकुर
अन्त्यमा कार्यक्रम सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गर्दै नवगठित टिमलाई सफल कार्यकालको शुभकामना र सम्पूर्ण उपस्थित कवि तथा साहित्यकारहरुलाई हार्दिक धन्यवाद दिँदै कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो ।

२०७९ पुष ८, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।