बाल विवाह न्युनीकरण परियोजनाको संयुक्त अनुगमन

|

मधुवन(बर्दिया) /  जिल्ला समन्वय समिति, बर्दिया र मधुवन नगरपालिकाले मधुवन नगरपालिकाको विभिन्न स्थानमा प्लान ईन्टरनेसनल नेपालको साझेदारीमा भेरी वातावरणीय विशिष्टता समुह(बी–ग्रुप), फिल्ड कार्यालय, बर्दियाले सञ्चालन गरेको बाल विवाह न्युनीकरण परियोजनाको स्थलगत आज अनुगमन गरेको छ ।
जिल्ला समन्वय समिति, बर्दियाका प्रमुख सुर्य बहादुर विस्टको नेतृत्वमा मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाट, उपमेयर अनिता चौधरी, जिल्ला समन्वय समितिका सदस्य छवि भाट,महिला शाखा प्रमुख इन्द्रा चुनारा, वडा नं.५ का वडा अध्यक्ष दिलिप गुरुङ्गको टोलीले संयुक्त रुपमा अनुगमन गरेको थियो ।
जिल्ला समन्वय समिति, बर्दियाका प्रमुख सुर्य बहादुर विस्टले बी–ग्रुपले सिमान्तकुत समुदायमा कार्य गरेको र अभिभावक तथा बालबालिकामा सचेतीकरण गरेकोमा धन्यवाद ब्यक्त गर्नुभएको थियो । त्यसैगरि मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाटले समाजमा सकारात्मक सन्देश फैलाउन संस्थाको अहम भुमिका रहने बताउनुभयो ।

अनुगमन टोलीले मधुवन नगरपालिकाको वडा नं.५ मा गठन भएको परिवर्तनका सम्वाह(सिओसी) समुहका किशोरकिशोरी र र अभिभावकसँग छलफल गरेको थियो । त्यसैगरि मधुवन नगरपालिकको वडा नं.७ श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा बाल विवाह न्युनीकरण परियोजनाबाट निर्माणधिन हुदै गरेको लैङ्घिक तथा अपाङ्घमत्री शौचालयको पनि अनुगमन गरिएको छ ।

त्यसैगरि मधुवन नगरपालिकाका विभिन्न धार्मिक गुरुसँग बालविवाह न्यनीकरणमा गर्नु भएको भुमिका बारे पनि बृहत छलफल गरिएको छ । सोही क्रममा बडघरहरुले बाल विवाह न्युनीकरणमा अहम भुमिका खेलको सहभागीले बताएका छन् । सो अनुगमनमा प्लान ईन्टरनेसनल नेपालका परियोजना अधिकृत बिमल गैरे, भेरी वातावरणीय विशिष्टता समुहका परियोजना प्रबन्धक जगदिश थापा, प्राविधिक संयोजक सोम गुरुङ्ग,सुस्मिता श्रेष्ठ, मुल्याङ्कन तथा अभिलेखीकरण अधिकृत एलिशा दहित, फिल्ड सुपरभाईजर सुनिता चौधरी र दिपेन्द्र चौधरीको पनि सहभागिता रहेको थियो ।

 

२०७९ मंसिर २७, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।