
बर्दिया / एकिकृत शैक्षिक सुचना ब्यबस्थापन प्रणालि सम्बन्धी २ दिने कार्यशाला एक कार्यक्रममा साथ सम्पन्न गरिएको छ । मंसिर २४ र २५ गते संचालन भएको उक्त तालिममा बर्दिया जिल्लाका ८ वटै स्थानिय तहका शिक्षायुवा तथा खेलकुद शाखाका प्रमुख, शाखामा इ.एम.आइ.एस संचालन गर्ने प्रा.स., प्रधानाध्यापक, शिक्षक, र शिक्षा समन्वय इकाइ बर्दिया गरि करिब २० जनाको सहभागीतामा कार्यशाला सम्पन्न भएको छ । यस कार्यशालमामा इ।एम।आइ।एस जन्मदाता को रुपमा चिर परिचित इ.एम.आइ.एस बिज्ञ संम्बेदन कोइराला, पुर्व उपसचिब शंकर बहादुर थापाले सहजिरण गर्नुभएको थियो ।
कार्यशालमा इ.एम.आइ.एस को आधारभुत अबधारण,बिधालयको लेखा प्रणालि पद्दती,यसको रोलआउट तथा परिचय, बिधालय स्तरको इ.एम.आइ.एस को मुल्याकंन तथा थप सुधारका लागी गरिने प्रकृया,पालीका स्तरमा निर्माण हुने योजना, बिधालय सुधार योजना, स्थानीय तहको कक्षा ८ र अन्य परीक्षा, बारे कार्यशालामा छलफल गरिएको थियो । उद्धाटन शिक्षा बिकास समन्वय इकाइ बर्दियाका निमित्त इकाइ प्रमुख महेशदत्त देवकोटाले प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेले जिल्ला तहमा शिक्षाबिकास समन्वय संग समन्वयकारी भुमिका निर्वाह गरि परियोजना मार्फत स्थानिय तहका सामुदायिक बिधालयमा बिधालयको शैक्षिक गुणस्तिर बृद्दि गर्नका लागी महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको र सोहि सन्द्रर्भमा बर्दिया जिल्लाको शैक्षिक गुणस्तिर बृद्दि भएको छ छैन बिधालयमा बालबालीकाहरुको सिकाइ उपलब्धी कुन अबस्थामा छ भनी हेर्ने मुख्य आधार भनेको इ.एम.आइ.एस प्रणालि भएकाले यसको प्रभावकारीताका लागी यस कार्यशाला संचालन गरिएको बताउदै अबका दिनमा गुणस्तिरिय तथा सम्पुर्ण तथ्याकंक हरु पुर्णरुपमा चुस्त दुरुस्तका साथ समयमा अध्यावधिक भइ आउने अपेक्षा गरेको बताउनु भयो ।
उद्धाटन सत्रका सस्थाका अध्यक्ष शिवलाल पाण्डेले परियोजना मार्फत सस्थाले पुर्व प्राथामिक तहको शैक्षिक गुणस्तर बृद्दिका लागी सस्थाले पालीका संगको समन्वय बिगत ४ बर्षदेखि सिकाइ परियोजना मार्फत काम गरिरहेको बताउनु भयो यस कार्यशाला उपलब्धी मुलक हुने अपेक्षाका साथ यो अबसरा जुटाउने प्लान इन्टरनेशनल नेपाल, शिक्षा बिकास समन्वय इकाइ बर्दियालाइ बिषेश धन्यबाद दिनु भयो । मंसिर २५ गते समापन भएको कार्यशालामा सहभागी स्थानिय तहका शिक्षा युवा तथा खेलकुद शाखाका प्रतिनिधिहरुले बिधालय स्तरको इ.एम.आइ.एस नमुना बनाउने प्रतिबद्दता प्रकट गरेको स्याक नेपाल बर्दिया शाखाका परियोजना फोकल प्रसन कैलाश श्रेष्ठले बताउनु भयो ।