
बर्दिया । किशोरीहरु शारिरिक, मानसिक, सामाजिक र आर्थिक रुपमा जोखिममा पर्ने भएकाले आफ्नो जिवनलाई सशक्त बनाउन तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्ने सहभागि किशोरीहरुले प्रतिबद्धता जनाएका छन् । प्लान इन्टरनेशनल नेपाल र भेरी बातावरणिय बिशिष्टता समुह (बि–ग्रुप ) को साझेदारीमा दौतरी शिक्षा विषयक प्रशिक्षक प्रशिक्षण तालिममा सो कुरा बताएका हुन् ।
सो तालिममा बालविवाह र यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी जानकारी, दौतरी शिक्षा प्रदान गर्ने, साथै सामाजिक हानिकारक अभ्यास हटाउन पैरवी र वकालतको बारेमा बृहत छलफल गरिएको बि–ग्रुपका प्राविधिक संयोजक सुस्मिता श्रेष्ठले जानकारी दिनुभयो ।
बि–ग्रुपले ठाकुरबाबा नगरपालिका सहित बर्दियाको मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाका बाल विवाह न्युनीकरण परियोजना सन्चालन गरिरहेको छ । सो तालिममा प्रशिक्षक अमित तिमिल्सेनाले प्रशिक्षण दिनुभएको थियो ।