बर्दियाका बाढी प्रभावितलाई प्लान ईन्टरनेसनल नेपालको सहयोग

|

बर्दिया / प्लान ईन्टरनेसनल नेपालको सहयोगमा भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप), बाँके युनेस्को क्लब, थारु महिला उत्थान केन्द्र, स्याक नेपाल र गेरुवा ग्रामिण जागरण संघको सहकार्यमा बाढी प्रभावित समुदायलाई आज गैर खाद्य सामग्री वितरण गरिएको छ ।

बाढीबाट प्रत्यक्ष प्रभावित भएका समुदायको लागि बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाको वडा नं.६ र ११ मा ४९ घरधुरी र गुलरिया नगरपालिकाको वडा नं.५ का ७६ घरधुरी बाढी प्रभावित समुदायलाई गैर खाद्य सामग्री वितरण गरिएको प्लान ईन्टरनेसनल नेपालका क्षेत्रीय प्रबन्धकमीना पराजुली बताउनुभयो । साथै उहाँले बाढीको कारण बर्दिया जिल्लामा चाडपर्वको समयमा नराम्रो अवस्था सिर्जना गरेको र थोरै भएपनि बाढी प्रभावितहरुको मुहारमा खुशी ल्याउनको लागि सो सहयोग गरिएको बताउनुभयो ।

विशेषगरि बालबालिका तथा महिला र जेष्ठनागरिकको लागि चिसोबाट बचाउन ६ लाख २७ हजार बराबरको त्रिपाल, झुल, पी फम र कम्मल वितरण गरिएको छ ।
सामग्री वितरण गर्नु हुदै गुलरिया नगरपालिका वडा नं.५ का वडा अध्यक्ष मुम बहादुर मल्लले विपतको समयमा सहयोग गर्ने सहयागी संस्थालाई विशेष धन्यवाद ब्यक्त गर्नु भयो ।

 

 

 

२०७९ कार्तिक ४, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।