बाढी प्रभावितहरुलाई बी–ग्रुपको सहयोग

|

नेपालगन्ज /  भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) ले केएर नेपालसँगको साझेदारीमा बाँके र बर्दिया जिल्लामा असोज १९ गतेदेखि निरन्तर एक सातासम्म भएको वर्षाका कारण आएको बाढीबाट प्रभावित भएका घरपरिवारलाई सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समिति, नगरपालिका तथा गाउँपालिकाहरुसँग समन्वय गरेर खाद्यान्न, सेल्टर किट, हाइजिन किट, त्रिपाल र स्वास्थ्य शिविर सञ्चालनका लागि औषधी सहयोग उपलब्ध गराएको छ ।
संस्थाले बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नं. १ का ५५ वडा नं. ३ का ३४ र वडा नं. ७ का १४ घरधुरी गरी जम्मा १०३ बाढी प्रभावित घरधुरीलाई गाउँपालिकासँगको सम्न्वयमा २५ किलोग्राम चामल, २ किलोग्राम दाल, १ लिटर तेल र १ किलोग्राम नुन राहत सहयोग उपलब्ध गराएको छ भने नरैनापुर गाउँपालिकाका ७८ बाढी प्रभावित घरधुरीलाई त्रिपाल सहयोग गरेको छ ।

त्यसैगरी राजापुर नगरपालिकामा बाढीबाट प्रभावित भई विस्तावित भएर अस्थायी आस्रय स्थलमा आएका १३०० भन्दा बढी व्यक्तिहरुका लागि सामुहिक भान्छा सञ्चालनका लागि ६०० किलोग्राम चामल, १२० किलोग्राम दाल, ६० लिटर तोरीको तेल, १२ किलोग्राम नुन, ६० किलोग्राम सोयाविन, ३०० किलोग्राम आलु र ६ किलोग्राम खुर्सानी सहयोग गरेको थियो ।

गुलरिया नगरपालिका वडा नं. १२ का एक सय बाढी प्रभावित घरधुरीलाई एक÷एक सेट सेल्टर किट र हाईजिन किट राहत सहयोग उपलब्ध गराएको छ ।
त्यसैगरी गेरुवा गाउँपालिका वडा नं. २ र ३ का ३० बाढी प्रभावित घरधुरीलाई एक/एक सेट सेल्टर किट र हाईजिन किट राहत सहयोग उपलब्ध गराएको छ ।
साथै मिति २०७९ साल कात्तिक ४ गते राजारपुर नगरपालिका भित्रका बाढी प्रभावितहरुलाई मध्यनजर गरी नेपाली सेना र राजापुर नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरका लागि बी–ग्रुपले केएर नेपालसँगको साझेदारीमा रु. एक लाख मूल्य बराबरको आवश्यक पर्ने औषधी सहयोग उपलब्ध गराएको छ ।

२०७९ कार्तिक ४, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।