
राप्तीसोनारी(बाँके)/ भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) ले केएर नेपालसँग साझेदारीमा वर्षाका कारण बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिकाका बाढि प्रभावित भएका ५५ घरधुरीलाई खाद्यान्न सामाग्री राप्तीसोनारी गाउँपालिकालाई हस्तान्तरण गरेको छ । विपतको बेला भेरी वातावरणीय विशिष्टता समुहले बाँके र बर्दिया जिल्लामा सहयोग गदै आईरहेको छ ।
त्यसैगरि बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं. १ का ५५ घरधुरीलाई खाद्यान्न राहत सहयोग गरिएको छ । राहत खाद्य सामग्री राप्तीसोनारी गाउँपालिकालाई हस्तान्तरण गरिएको संस्थाका कार्यकारी निर्देशक डम्मर सुनारले जानकारी दिनुभयो ।