
बर्दिया) / भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) ले केएर नेपालसँग साझेदारी गरी लगातार ५ दिन देखि निरन्तर भएको वर्षाका कारण बर्दिया जिल्लाको गेरूवा गाउँपालिकाका बाढि प्रभावित भएका ३० घरधुरीलाई सेल्टर कीट र हाईजिन कीट राहत गेरुवा गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
सामग्री बुझनु हुदै गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकुत बस बहादुर रानाले बी–ग्रुपलाई विपतको समयमा सहयोग गरेको भन्दै धन्यवाद ब्यक्त गर्नु भयो ।
त्यसैगरि बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं. ३ र ७ मा बाढीबाट प्रभावित भएका र ४८ घरधुरीलाई २५ किलोग्राम चामल, २ किलोग्राम दाल, १ लिटर तोरीको तेल र १ किलोग्राम नुन का दरले राहत खाद्य सामग्री राप्तीसोनारी गाउँपालिकालाई हस्तान्तरण गरिएको संस्थाका कार्यकारी निर्देशक डम्मर सुनारले बताए ।