
गेरुवा(बर्दिया) । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा गेरुवा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदको भुमिकामा गेरुवा गाउँपालिकाका वडा नंं ५ का सिओसी कक्षाको १५ बर्षीया अदिति चौधरीले सम्हालेका छिन् । गेरुवा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत आफनो पद हस्तान्तरण गर्नु हुदै किशोरीहरुको हकहितको लागि पालिकाले विभिन्न सचेतनामुलक कार्यक्रम तय गरेको बताउनुभयो । साथै उहाँले आगामी दिनहरुमा किशोेरीहरुको बुझाएका ज्ञापनपत्रलाई मध्यनजर गर्दै स्थानीय सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । सोही अवशरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख रमा पुनले बालबालिका तथा किशोरीहरुको सवालमा कार्य गरिरहेको बताउनुभयो । कार्यक्रमको उद्धेश्य माथि बी–ग्रुपका सुस्मिता श्रेष्ठले प्रष्ट पार्नु भएको थियो ।
नेपालका ९ जिल्लामा सय जना किशोरीहरुले विभिन्न कार्यालय तथा संस्थाहरुको नेतृत्व केही घन्टाका लागि लिएका छन् । प्लान इन्टरनेसनल नेपालले बालिका दिवसको अवसरमा विश्वभर ‘गल्र्स टेक ओभर’ (बालिका तथा किशोरीलाई पद हस्तान्तरण) कार्यक्रम भईरहेको छ ।
मंगलबारदेखि अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य नारा सहित देशभर ११ औं अन्तर्राष्ट्रिय बालिका दिवस बर्दिया जिल्लामा भेरी वातावरणीय विशिष्टता समुह(बी-ग्रुप), सामाजिक सचेतन सरोकार मन्च(स्याक नेपाल), बाँके युनेस्को क्लब लगायत प्लान ईन्टरनेसनल नेपालका साझेदार संस्थाहरुले ‘गल्र्स टेक ओभर’ (बालिका तथा किशोरीलाई पद हस्तान्तरण) कार्यक्रम गरिरहेको छ । प्लान इन्टरनेसनलको स्टेट अफ त वल्र्डले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालका किशोरी र युवा महिलाहरु स्थानीय र राष्ट्रिय दुवै तहमा राजनीतिक सहभागिताको लागि इच्छुक रहेको देखाएको छ ।
सर्वेक्षणमा भाग लिएका मध्ये ९० प्रतिशत भन्दा बढीले राजनीतिमा सहभागी हुनु महत्वपूर्ण भएको, ९२ प्रतिशत किशोरी र युवा महिलाहरुले राजनीतिमा सहभागी भएको केही अनुभव रहेको पाइएको छ ।
रिपोर्ट २९ वटा देशका सबै क्षेत्र, आयस्रोतको अवस्था र नागरिक जीवनको परिस्थिति अनुसार १५ देखि २४ वर्ष उमेर समूहका गरी २९ हजार किशोरी तथा महिला माझ सर्वेक्षण गरेर तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । किशोरीहरुले भोगिरहेको संरचनात्मक विभेद विरुद्ध स्थानीय, प्रादेशिक र संघीयस्तरमा किशोरी र बालिकाका सवालमा जिम्मेवार व्यक्ति तथा संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका छन् ।
किशोरीहरुले ९ बुँदे ज्ञापनपत्रमा शक्तिमा साझेदारी (इक्वेल पावर नाउ) भन्ने ध्येयका साथ किशोरीका अधिकार, किशोरी र युवा महिलाका राजीनीतिक अधिकार र राजनीतिमा किशोरी र बालिकाका मुद्दाहरुमा गम्भीर हुन अनुरोध समेत गरेका छन् ।