
नेपालगञ्ज । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा अब हाम्रो पालो हाम्रो अधिकार हाम्रो भविष्य नारासहित नेपालगञ्ज वडा नं १९ की नेलिसा गिरी सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेको अध्यक्ष बन्नुभएको छ । पद हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष शिवलाल पाण्डेले स्याक नेपाल बाँकेले बालिकाहरुको नेतृत्व बिकास तथा सहभागिताका लागि पद हस्तान्तण गरिएको र यस अवसरमा नेतृत्व दिन पाउनु स्याक बाँकेले अवसरको रुपमा लिएको बताउनु भयो । संस्थाले बालबालिका, महिला, किशोरी, युवा तथा शिक्षाको सवालमा बिगत लामो समयदेखि बिपन्न समुदायमा काम गरिरहेको र यसलाई निरन्तरता दिने कार्य स्याक नेपाल बाँकेले प्रयास गरिरहेको अध्यक्ष पाण्डेले बताउनुभयो ।
कार्यक्रममा स्याक बाँके र बिभिन्न साझेदार संस्थाहरुको साझेदारीमा संचालित सिकाई परियोजना प्रमुख एवं टिम लिडर लक्ष्मी प्रसाद शर्मा र सिनियर कार्यक्रम अधिकृत शेषकान्त शर्माले संचालित परियोजनाको बारेमा जानकारी गराउनुभएको थियो । नव अध्यक्ष गिरीले आफुले स्याकको अध्यक्ष जस्तो गरिमामय पदमा आसन ग्रहन गर्न पाउनु आफ्नो व्यक्तिगत अवसरको रुपमा लिएको बताउउनुभयो । संस्थाले संचालन गरेका बालविवाह रोकथाम, महिला हिंसाबिरुद्दको अभियान, गुणस्तरीय शिक्षाका लागि गरिएका प्रयासहरु निरन्तर हुनेमा बिश्वस्त रहेको बताउँदै आगामी दिनमा आफ्नो साथ सहयोग रहने बताउनु भयो । सर्वेक्षणमा भाग लिएकामध्ये ९० प्रतिशत भन्दा बढीले राजनीतिमा सहभागी हुनु महत्वपूर्ण भएको, ९२ प्रतिशत किशोरी र युवा महिलाहरुले राजनीतिमा सहभागी भएको केही अनुभव रहेको पाइएको छ । रिपोर्टका अनुसार २९ वटा देशका सबै क्षेत्र, आयस्रोतको अवस्था र नागरिक जीवनको परिस्थिति अनुसार १५ देखि २४ वर्ष उमेर समूहका गरि २९ हजार किशोरी तथा महिलामाझ सर्वेक्षण गरेर तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
किशोरीहरुले भोगिरहेको संरचनात्मक विभेदविरुद्ध स्थानीय, प्रादेशिक र संघीयस्तरमा किशोरी र बालिकाका सवालमा जिम्मेवार व्यक्ति तथा संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका छन् । किशोरीहरुले ९ बुँदे ज्ञापनपत्रमा शक्तिमा साझेदारी इक्वेल पावर भन्ने ध्येयका साथ किशोरीका अधिकार, किशोरी र युवा महिलाका राजीनीतिक अधिकार र राजनीतिमा किशोरी र बालिकाका मुद्दाहरुमा गम्भीर हुन अनुरोध समेत गरेका छन् उक्त कार्यक्रममा सहभागीहरुलाइ कार्यक्रमको उदेश्य तथा स्वागत मन्तब्य सस्थाका टिमलिडर तथा परियोजना प्रमुख शर्माले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका कार्यसमितिका पदाधिकारी, परियोजनाका कर्मचारी, किशोरी क्लब पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।