सत्‍यमोशन जोशीको १०३ वर्षको उमेरमा निधन

|

काठमाडौँ । ‘वाङमय शताब्दी पुरुष’ सत्‍यमोशन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको छ ।

ललितपुरको ग्वार्कोमा रहेको किष्ट मेडिकल कलेजमा उपचारको क्रममा जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले सीआईएनलाई जानकारी दिनुभयो ।

मुटु लगायतका विभिन्न स्वास्थ्य समस्याबाट प्रभावित जोशीलाई यही असोज ७ गते किष्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

जाँचका क्रममा जोशीलाई डेङ्गीको सङ्क्रमण पनि पुष्टि भएको थियो ।

नेपालको संस्कृति, सङ्गीत र साहित्यको क्षेत्रमा जोशीको योगदान अतुलनीय रहेको भन्दै सरकारे उहाँलाई ‘वाङमय शताब्दी पुरुष’ सम्मान दिएको थियो ।

२०७९ आश्विन २९, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।