
सुर्खेत / १६ वर्षिया संजिबनी थारु प्लान इन्टरनेशनल नेपाल पश्चिम क्षेत्रीय निर्देशकको भूमिकाको पद सम्हालेका छिन् । आज प्लान इन्टरनेशनल नेपाल पश्चिमका क्षेत्रीय निर्देशक मीना पराजुलीले आफनो पद पनि टेकओभर गर्नु भएको हो । क्षेत्रीय निर्देशकको पद सम्हादै प्लान इन्टरनेशनल नेपाल पश्चिम क्षेत्रीय निर्देशकको भूमिकामा रही विपदहरुमा परेका किशोरीहरु र बालिकाहरुलाई विपद हुन पुर्व नै तयारी गरी सहयोगका लागि कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको बताईन । साथै पछाडि पारिएका बालबालिकाहरुलाई राज्यको मुलप्रवाहीकरणमा ल्याउने विशेष पहल गर्ने प्रतिबद्धता जनाईन ।
प्लान इन्टरनेशनल नेपाल पश्चिमका क्षेत्रीय निर्देशक मीना पराजुलीले पद हस्तान्तरण गर्नु हुदै बालविवाह, जबरजस्ती गरिने विवाह जस्ता हानिकारक परम्परा विरुद्ध संस्थाले काम गर्दै आईरहेको र यस्ता हानीकारक अभ्यासले किशोरीहरुलाई उनीहरुको भविष्यमा अगाडि बढ्नमा अबरोध खडा गरिदिएको बताउनस भयो साथै
यस्ता ग्रल्स टेकओभर कार्यक्रमले किशोरीहरुलाई एक दिनका लागि भएता पनि शक्ति प्रदान गर्दछ र नेतृत्वको अनुभवदिन सहयोग गरेको छ’ बताउनुभयो ।
अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर देशभरका सयजना किशोरीले विभिन्न संस्था तथा निकायको नेतृत्व ‘गर्ल्स टेक ओभर अभियान’ अन्तरगत लिएका छन् । प्लान इन्टरनेशनलको ‘किनकी म किशोरी हो’ अभियानको पैरवीका कारण सन् २०११ मा संयुक्तराष्ट्र संघले हरेक वर्ष अक्टुबर ११ लाई बालिका दिवस घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बालिकादिवस सन् २०१२ देखि संसारभर मनाउन थालिएको हो ।
अन्तराष्ट्रिय बालिका दिवस सुरु भएको एक दशक पुरा भएको सन्दर्भमा यस वर्ष समाजमा जकडिएको लैंगिक विभेदका कारण बालकको तुलनामा बालिका तथा किशोरीहरूमाथि बढी विभेद, हिंसा, दुव्र्यवहारको जोखिममा हुने भएकोले यो दिवसको परिकल्पना गरिएको हो । यस वर्षको बालिका दिवसको नारा अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य रहेको छ । गल्र्स टेकओभर देशभरका ९ जिल्लामा सयजना किशोरीहरूले विभिन्न संस्थाहरूमा सयपदको नेतृत्वलिने योजना अनुसार पदभार ग्रहण कार्यक्रम ११ अक्टोबर २०२२ देखि सुरु भएको छ । जिल्ला, प्रदेश, संघीयस्तरमा हुने प्रत्येक पदभार ग्रहणको समयमा किशोरीबाट पदीय जिमेवारीमा रहि किशोरी माथि लगानी, समावेशितामा आधारित किशोरी लक्षित कार्यक्रम र किशोरी तथा युवा महिलाको शक्ति र नेतृत्वको बारेमा संस्थाको प्रतिबद्धता रहने र हुनुपर्ने कुरामा छलफल गरिन्छ ।
बालअधिकार त्यसमा पनि विशेषतः बालिकाहरूलाई केन्द्रमा राखी कार्यरत संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ अर्थात ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम आयोजना गर्दै आएको छ । यो किशोरी सशक्तिकरणको एक नियमित अभियान हो । नेपालमा बालिका केन्द्रित विभिन्न नागरिक समाजहरूसँगको हातेमालोमा हामी दाजुभाइ संस्थाको प्राविधिक सहयोगमा विगतझैं यस वर्ष पनि संघीय र जिल्ला स्तरमा #GirlsTakeOver अभियानलाई निरन्तरता दिईएको जनाइएको छ ।
यसवर्ष संघीयस्तरका संघसंस्थाहरूका साथसाथै जुम्ला, कालिकोट, डोल्पा, मकवानपुर, धनुषा, सिन्धुली, सुर्खेत जिल्लामा अक्टुबर र नोभेम्बर महिनामा विभिन्न सरकारी निकाय, सघंसंस्था, मिडिया, दुताबास, शैक्षिक संस्थालगायतमा प्रमूख व्यक्तिको कार्यभार एक दिनका लागि एक किशोरीलाई हस्तान्तरण गरिन्छ ।
यस अभियान अन्तर्गत पहिलो चरणमा अक्टोबर ११र १२ तारिखका दिन राष्ट्रिय बालअधिकार परिषद्का सदस्य सचिव, प्लान इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशक, नेपाल पत्रकार महासंघको अध्यक्ष लगायतको भूमिका काठमाण्डौं, सुनसरी, बर्दिया लगायत विभिन्न जिल्लाहरूका किशोरीहरूले नेतृत्व लिएका थिए ।
गतवर्ष कालिकोट, जुम्ला, सिन्धुली, बाँके, बर्दिया र मकवानपुरका किशोरीहरूले मेयर र उपमेयरको जिम्मेवारी सम्हालेका थिए । प्रायः यस अभियान अन्तर्गत विभिन्न जिल्लाका किशोरीहरूले स्थानीय, जिल्ला र सङ्घीयस्तरका प्रमुख तथा उपप्रमुखको भूमिका निर्वाह गर्छन् ।
१५ देखि २४ वर्षका किशोरी र युुवा महिला गरी २९ हजार माझ गरिएको यो विश्वव्यापी सर्वेक्षणले उनीहरूले राजनीतिक गतिविधिमा भागलिन खोज्दा धेरै नै अवरोधको सामना गरिरहेको देखाएको छ । साथै किशोरी र युुवा महिलाहरूले आफूूहरूलाई सेवा गर्न निर्वाचितभएका राजनीतिज्ञहरूले सही ढंगमा आफ्नो प्रतिनिधित्व नगरेको महसुुस गरेको देखाएको छ ।
२९ वटा देशमा गरिएको सर्वेक्षणमा भागलिएका मध्ये ५० प्रतिशतले मात्र आफ्नो समुदायका मानिसहरूका लागि किशोरी र युुवा महिलाको राजनीतिक सहभागिता स्वीकार्य भएको पाएका छन् जसमा ५ जनामध्ये एक जना (१९ प्रतिशत) ले आफू राजनीतिमा सहभागी हुनबाट निरुत्साहित भएको बताएका छन् । किशोरी र युुवामहिलाहरूको आवाज सुुन्नु महत्वपूर्ण छ । अधिकारको रुपमा, उनीहरूको जीवनलाई प्रभावपार्ने नीति र निर्णयहरू सबल बनाउन तथा लैंगिक समानता प्राप्तिका लागि उनीहरूको आवाज सुन्न जरुरी छ । विश्वव्यापी रुपमा राजनीतिक नेतृत्व र प्रतिनिधित्वमा पुुरुषको वर्चश्व कायमै छ । संसदका चार जना सदस्यमध्ये १ जनाअर्थात् २६ प्रतिशत मात्र महिला हुुनु र ३० वर्ष उमेर भन्दा मुनिको एक प्रतिशत मात्र महिला संसदमा हुुनुले पुरुषहरूको वर्चश्व देखाउँछ ।
गल्र्स टेक ओभर बालिका अधिकारका लागि क्रियाशिल संस्थाहरू, हामी दाजुभाई, प्लान इन्टरनेशनल नेपाल, ग्रामीण महिला सेवा केन्द्र, मकवानपुर, जनजाती समाज विकास समिति, सिन्धुली, सामुदायिक समाज उत्थान केन्द्र, सुनसरी, मानवअधिकार तथावातावरण केन्द्र, कालिकोट, स्याक नेपाल, बाँके, आत्म सम्मानका लागि सहकार्य, जुम्ला, बी–ग्रुप बाँके, बर्दिया लगायतका संस्थाहरूको साझा अभियान हो ।