बर्दियाकी १७ बर्षीया अनुराधा बनिन् महिला शाखा प्रमुख

|

मधुवन(बर्दिया) । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा आज वर्दिया जिल्लाको मधुवन नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुखको पद आज मधुवन नगरपालिका वडा नंं ५ का सिओसी कक्षाको १७ बर्षीय अनुराधा चौधरीले सम्हालेका छन् । मधुवन नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख ईन्द्रा चुनाराले आफनो पद हस्तान्तरण गरेकी हुन् । त्यसै गरि आज नै मधुवन नगरपालिको वडा नं.२ को सिओसी कक्षाका १७ बर्षीय रचना थारुले वडा सचिवको पद सम्हालेका थिइन् । वडा सचिव चित्रा तिवारी पराजुलीले सचिव पद हस्तान्तरण गर्नु भएको थियो। ११ औ अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा बिग्रुप लगायत अन्य सामाजिक संस्थाहरुले  पनि बर्दियामा ‘गर्ल्स टेक ओभर’ कार्यक्रम गरेका छन् ।

नेपालका ९ जिल्लामा सय जना किशोरीहरुले विभिन्न कार्यालय तथा संस्थाहरुको नेतृत्व केही घन्टाका लागि लिएका छन् । प्लान इन्टरनेसनल नेपालले बालिका दिवसको अवसरमा विश्वभर ‘गल्र्स टेक ओभर’ (बालिका तथा किशोरीलाई पद हस्तान्तरण) कार्यक्रम भईरहेको छ । नेपालमा पनि बालिका तथा किशोरीलाई पद हस्तान्तरण कार्यक्रम निरन्तरता भईरहेको छ । सो कार्यक्रमका प्रमुख अतिथि मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाटले गल्र्स टेकओभर बालिका तथा किशोरीहरुका लागि उत्कृष्ट अवसर भएको बताउनुभयो । साथै उहाँले बालिका तथा किशोरीहरुका आफना सवालमा निर्णायककर्ता, नेता तथा परिवर्तनका संवाहकहरुको दृष्टिकोण परिवर्तन गर्न सफल हुनु पर्नेमा जोड दिनुभयो ।

त्यसै गरि मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकुत धर्मराज न्यौपाने बालिका दिवशको अवसरमा सम्पुर्ण बालिका तथा किशोरीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नु भयो । सो कार्यक्रममा मधुवन नगरपालिकाका उपमेयरका अनिता चौधरीले बालिका तथा किशोरीहरुलाई उज्ज्वल भविष्यको कामना ब्यक्त गर्नुभयो ।

मंगलबारदेखि अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य नारा सहित देशभर ११ औं अन्तर्राष्ट्रिय बालिका दिवस मनाइयको छ । प्लान इन्टरनेसनलको स्टेट अफ त वल्र्डले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालका किशोरी र युवा महिलाहरु स्थानीय र राष्ट्रिय दुवै तहमा राजनीतिक सहभागिताको लागि इच्छुक रहेको देखाएको छ । सर्वेक्षणमा भाग लिएका मध्ये ९० प्रतिशत भन्दा बढीले राजनीतिमा सहभागी हुनु महत्वपूर्ण भएको, ९२ प्रतिशत किशोरी र युवा महिलाहरुले राजनीतिमा सहभागी भएको केही अनुभव रहेको पाइएको छ ।

रिपोर्ट २९ वटा देशका सबै क्षेत्र, आयस्रोतको अवस्था र नागरिक जीवनको परिस्थिति अनुसार १५ देखि २४ वर्ष उमेर समूहका गरी २९ हजार किशोरी तथा महिला माझ सर्वेक्षण गरेर तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । किशोरीहरुले भोगिरहेको संरचनात्मक विभेद विरुद्ध स्थानीय, प्रादेशिक र संघीयस्तरमा किशोरी र बालिकाका सवालमा जिम्मेवार व्यक्ति तथा संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका छन् । किशोरीहरुले ९ बुँदे ज्ञापनपत्रमा शक्तिमा साझेदारी (इक्वेल पावर नाउ) भन्ने ध्येयका साथ किशोरीका अधिकार, किशोरी र युवा महिलाका राजीनीतिक अधिकार र राजनीतिमा किशोरी र बालिकाका मुद्दाहरुमा गम्भीर हुन अनुरोध समेत गरेका छन् ।

 

२०७९ आश्विन २५, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।