आश्रय स्थलमा बसेका बाढी प्रभावितलाई बी–ग्रुपको खाद्यान्न सहयोग

|

राजापुर (बर्दिया) /  भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) ले केएर नेपालसँग साझेदारी गरी लगातार ५ दिन देखि निरन्तर भएको वर्षाका कारण कर्णाली नदीमा बाढीले गर्दा विस्थापित भई सुरक्षित आश्रय स्थलमा बसेकाहरुका लागि सन्चालन गरिएको सामुहिक भान्साका लागि आवश्यक पर्ने चामल, दाल, आलु लगाएतका खाद्य सामग्री राजापुर नगरपालिकालाई प्राप्त भएको राजापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले जानकारी गराउनुभयो ।

कर्णाली नदिमा आएको बाढीबाट प्रत्यक्ष प्रभावित भएका घरपरिवारहरु समुदायको सुरक्षित स्थानमा बसेका छन् र उनीहरुलाई नगरपालिकाले सामुहिक भान्छामा खाना तयार गरी खुवाइरहेको छ । राजापुर नगरपालिकासँगको सम्न्वयमा संस्थाले चामल ६०० किलो, दाल १२० किलो, खाने तेल ६० लिटर, नुन १२ किलो, सोयाविन ६० किलो, खुर्सानी ६ किलो र आलु ३०० किलो गरी जम्मा ८५ हजार मुल्य बराबरको खाद्य सामग्री राजापुर नगरपालिकालाई हस्तान्तरण गरेको कुरा संस्थाका कार्यकारी निर्देशक डम्मर सुनारले बताए ।

सामग्री वितरणमा सहभागी भएका संस्थाका कार्यक्रम संयोजक दिनेश चौधरीले ६ वटा स्थानमा सामुहिक भान्सा सन्चालन भईरहेको र उक्त स्थानमा १३ सय भन्दा बढी बाढी प्रभावितहरुले खाना खाईरहेको कुरा बताए ।

 

 

 

 

 

 

 

 

 

२०७९ आश्विन २४, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।