राष्ट्रिय रणनीति परिमार्जनको पूर्व तयारीमा प्लान ईन्टरनेशनल नेपाल

|

गेरुवा  (बर्दिया) / प्लान ईन्टरनेशनल नेपालको आगामी राष्ट्रिय रणनीति निर्माण गर्ने क्रममा प्लान ईन्टरनेशनल नेपालका स्थानीय साझेदार संस्थाका पदाधिकारी, स्थानीय सरकार,अभिभावक र बालबालिकासँग प्रत्यक्ष भेट गरि छलफल गरेको छ । आज यसै क्रममा गेरुवा गाउँपालिकाको पदाधिकारीहरुसँग छलफल गरेको छ । प्लान ईन्टरनेशनल नेपालले गेरुवा गाउँपालिकामा सन्चालन गरेका परियोजना तथा बिषयगत क्षेत्रहरुको बारेमा छलफल गरिएको थियो ।

गेरुवा गाउँपालिकामा भएको छलफलमा गेरुवा गाउँपालिका अध्यक्ष जमानसिहं केसीले प्लान ईन्टरनेशनल नेपालले विशेष गरि अति विपन्न र पछाडि पारिएका बालबालिकालाई कार्यक्रम गर्दै आएको र आगामी दिनहरुमा विशेष गरि अति विपन्न र सीमान्तकृत समुदायका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा जोड दिनु पर्ने सुझाव दिनु भएको छ । साथै उहाँले गेरुवा गाउँपालिका विपद जोखिम क्षेत्र भएकोले विपद न्युनीकरण सम्बन्धि कार्यक्रमहरुलाई प्राथमिकता दिनु पर्नेमा जोड दिनु भयो ।

प्लान ईन्टरनेशनल नेपालले बालबालिकाको हकहित सुनिश्चित गर्नको लागि पालिकासँग नीतिगत ब्यवस्था सुदृढीकरण गर्नको लागि विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा हातेमालो गर्नु पर्नेमा सरोकारवालाले विशेष चासो राखेका थिए । प्लान ईन्टरनेशनल नेपालको राष्ट्रिय रणनीति परिमार्जन गर्ने प्रक्रिया अन्तर्गत सो कार्यक्रमको सहकार्य बी–ग्रुपले र कार्यक्रमको सहजीकरण नविन सुवेदीले गर्नु भएको थियो । प्लान ईन्टरनेशनल नेपालको पूर्व तथा पश्चिम क्षेत्रीय कार्यालय अन्तर्गतको कार्यक्षेत्रलाई समेटेर विभिन्न जिल्ला तथा पालिकाहरुमा सरोकारवालासँग राय, सुझाव तथा सल्लाह एकत्रित गरि राष्ट्रिय रणनीतिलाई पूर्णता दिईने छ । यसै गरि राजापुर नगरपालिकामा पनि सम्बन्धित सरोकारवाला निकायसँग पनि छलफल गरिएको छ । बाँके जिल्लामा पनि सरोकारवालासँग समुहकेन्द्रित छलफल सन्चालन गरिएको छ ।

२०७९ आश्विन ८, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।