
नेपालगन्ज । नेपालको सबिधान जारी भएको आज ७ बर्ष पूरा गरेर आठौंमा प्रबेश गरेको अवसरमा आइडियल पब्लिक हाई स्कुलले आज संविधान दिवस मनाएको छ।
बिधालयको सभा हलमा आयोजित कार्यक्रममा नेपालको सबिधानको एतिहासिक पृष्ठभुमि,सबिधानको महत्त्व बारे प्रशिक्षण गरिएको हो।
नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र सबिधान लाई संस्थागत संगै संविधान कार्यन्वयनका सम्पुर्ण आम नागरिकहरु जुट्नु पर्ने बक्ताहरुले जोड दिएका छन।
कार्यक्रमका बिशिस्ट अतिथी अधिकारकर्मी साहिल अन्सारीले भने हाम्रो संविधान कुनै चोक चौराहामा लेखिएको संविधान होइन नेपाली जनता बाट निर्वाचित प्रतिनिधिहरु मध्ये ९० प्रतिशत प्रतिनिधिको हस्ताक्षर रहेको संविधान हो,यो संविधान प्राप्तिका ठुलो त्याग तपस्या संघर्ष र बलिदानबाट आएको हो। अन्सारीले यो संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान माथी कसैले आँखा नलगाउन समेत आग्रह गरेका छन।
कार्यक्रममा बोल्दै ईस्लामिक संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष उबेदुर रहमानले सबिधानको मौलिक हक लाई कार्यन्वयनको लागि सबै तह जुट्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा बिधालय ब्यवस्थापन समितीका अध्यक्ष बदरे आलम खान,पुर्व अध्यक्ष असलम खान,प्रधानध्यापक बिरेन्द्र श्रीवास्तव,एड्मिन इन्चार्ज ईलयास अन्सारी,नेपाली बिषय शिक्षक गोबिन्द पौडेल,सामाजिक शिक्षक आदिल अन्सारी ,डिसिपिलिन इन्जार्च अफाक शेख ,मोहम्म्द उमर रङ्रेज लगायतले आफ्नो बिचार राख्नु भएको थियो।