
मनिकापुर (बाँके) / नेपाल रेडक्रस सोसाईटी मनिकापुर उपशाखाको आयोजनामा मनिकापुरमा निशुल्क आँखा शिविर तथा निशुल्क स्वास्थ्य परिक्षण सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँकेका मन्त्री अजिज अहमद सिद्दिकीको प्रमुख अतिथिमा सो कार्यक्रम सम्पन्न भएको थियो । सो आँखा शिविरमा ३६५ जनाको आँखा परिक्षण गरिएको थियो । साथै परिक्षणको क्रममा ५५ जनामा मोतिया बिन्दुको अप्रेसन गर्नु पर्ने भेटिएकोल छ । आँखामा राख्ने औषधिहरु निशुल्क बितरण गरिएको थियो ।
साथै सहुलियत दरमा चस्मा पनि बितरण गरिएको थियो । आँखाको साथै ३६५ जनाको स्वास्थ्य परिक्षण गरिनुका साथै औषधि पनि निशुल्क बितरण गरिएको थियो ।
निशुल्क आँखा शिबिर तथा निशुल्क स्वास्थ्य परिक्षण कार्यका लागि १५ जना स्वास्थ्यकर्मीले सेवा उपलब्ध गराउनु भएको थियो । निशुल्क स्वास्थ्य परिक्षणमा जर्नल फिजियसन डा. सुवास योगी, ग्यास्ट्रो डा. गौरब श्रेष्ठ, डा.श्याम शाह, डा.खेमा भण्डारी, हरपल होलिष्टिक होम केयरका सुमन गिरी, रेन्जु श्रेष्ठ, बशन्ती बिसी, करण बर्मा र मनमाया मेमोरियल फिजियो थेरापीका डा.खेमा भण्डारी,सिजन खनाल, समुन्द्र वलीले परिक्षण गर्नु भएको थियो । नेपालगन्ज मेडिकल कलेज र नेपालगन्ज आँखा अस्पाता, हरपल होलिष्टिक होम केयर र ले
कार्यक्रमको लागि आदर्श मा बि राझाका १५ जना बिद्यार्थी स्वयसेवकको रुपमा परिचालन गरिएको कृष्ण गिरीले जानकारी दिनुभयो ।