
ठाकुरद्धारा(बर्दिया) / शिक्षकहरुले आफनो विद्यालयमा सकारात्मक सिकाइको वातावरण सिर्जना गर्नेे प्रतिबद्धता जनाएका छन् । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समुह( बी–ग्रुप) को आयोजनामा सन्चालित २ दिने सकारात्मक सिकाई वातावरण निर्माण सम्बन्धि पुर्नःताजगी तालिममा सहभागी शिक्षकले सो कुरा बताएका हुन ।
सो तालिममा सकारात्मक सोच, खुसीका लागि शिक्षा, सकारात्मक सोच र आत्म ब्यवस्थापन र प्रसंशात्मक खोजी विधिको चर्चा, विद्यालयको प्रभावकारी नेतृत्व ब्यवस्थापन, शिक्षक, अभिभावक र विद्यार्थीहरुको आचारसंहिता र किशोरावस्थाका परिवर्तन र विशेषताहरु बारेमा प्रशिक्षक जित बहादुर शाहले संक्षेपमा प्रशिक्षण दिनुभएको थियो । सो तालिममा सकारात्मक सिकाई वातावरण निर्माण सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी भईसक्नु भएको शिक्षकहरु सहभागी भएका थिए ।
सो तालिममा सहभागी जनता आविका प्राधनाध्यापक टिकाराम सुबेदीले.यस तालिमले आफनो नीजि जिवन र शिक्षण पेशामा सकारात्मक सोचाई गर्नमा थप टेवा पुगेको र सृजनात्मक ब्यवहार गर्न अभिप्रेरित गरेको बताउनुभयो । त्यसैगरि अर्का सहभागी पशुपति माविका शिक्षिका नन्दकला खत्रीले बाल विवाह विरुद्ध अभियानमा आफनो पालिकामा समन्वय तथा सहकार्य गर्ने बताउनुभयो ।
बी–ग्रुपद्धारा सन्चालित बाल विवाह न्युनीकरण परियोजनाको उद्धेश्य विद्यालयहरुमा छात्राहरुको निरन्तरताका लागि सहकार्य गर्ने ,किशोर किशोरीहरुमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि ज्ञान प्रदान गर्न सहयोग गर्ने,युवा विशेष गरि किशोरी तथा युवा महिलाहरुलाई आर्थिक रुपमा सशक्तिकरण गर्नका लागि सहयोग तथा सहकार्य गर्ने,परम्परागत हानिकारक अभ्यासहरुबाट समाजमा भएका विभेदकारी मुल्यमान्यताहरुलाई परिवर्तन गर्न सहकार्य गर्ने र बाल संरक्षण तथा युवा सहभागिता सम्बन्धि नीतिगत ब्यवस्था सुदृढ गरि बाल विवाह, छिटो विवाह र दवावमा हुने विवाहलाई न्युनीकरण गर्न समन्वय तथा सहजीकरण गर्ने रहेको परियोजना प्रबन्धक जगदिश थापाले बताउनुभयो ।