
विद्यालय स्तरमा अभिभावक शिक्षा आवश्यक
मधुवन(बर्दिया) / मधुवन नगरपालिकाले आफनो सम्पुर्ण वडाका बाल अधिकार समितिलाई पुर्न गठन गरि सक्रिय बनाई बाल विवाह न्युनीकरणमा जोड दिने बताएको छ । भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) र प्लान इन्टरनेशनल नेपालको साझेदारी सन्चालित बाल विवाह न्यनीकरण परियोजनाको बाल विवाह न्युनीकरणका लागि स्थानीय स्तरमा सम्पन्न पैरवी बैठकमा सो कुरा बताईएको हो ।
प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले अभियानहरु सबै मिलेर अघि बढनु पर्ने बताउनु भयो । साथै सम्पुर्ण वडाहरुमा किशोरी क्लब गठन कार्यविधि बनाई किशोरी क्लब गठन गरि बाल विवाह विरुद्ध अभियानमा जोड दिने बताउनु भयो । सो बैठकमा वडा नं. ५ का वडा अध्यक्ष दिलिप गुरुङ्गले बाल विवाह तथा मानव बेचविखन विरुद्ध ब्यापक रुपमा सचेतनामुलक कार्यक्रम टोल टोलमा सन्चालन गर्नु पर्ने बताउनुभयो ।
मधुवन नगरपालिकाको सम्पुर्ण माध्यमिक विद्यालयहरुमा स्वास्थ्यकर्मीद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे जानकारी गराउने कार्यक्रम तय गरिएको छ । यही भाद्र २९ गते बाल दिवशको अवशर पारेर १० वटा माध्यमिक विद्यालयमा अभिभावक शिक्षा तथा सचेतनामुलक कार्यक्रमको आयोजना गर्ने छलफल गरिएको छ । कार्यक्रम मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाटको अध्यक्षतामा सम्पन्न भएको थियो ।