
बेलायतकी महारानी एलिजावेदको निधन भएको छ।बिहीबार दिउँसो बकिङ्हम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो।
बिबिसीका अनुसार महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो।
स्कटल्यान्डमा रहेको बामोरल क्यासलमा उनको निधन भएको बिबिसीले जनाएको छ,अब उनीपछि उनका जेठा छोरा चार्ल्स बेलायतका राज बन्नेछन्।
उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष शासन गर्ने महारानी हुन्। उनी सन् १९५२ मा महारानी बनेकी थिइन्।