शिक्षकहरुका लागी शिक्षामा लैगिक रुपान्तरण सम्बन्धी शिक्षण तालिम सम्पन्न

|

गुलरिया (बर्दिया) / प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारिमा संचालित सिकाइ परियोजना अन्तगत बर्दिया जिल्लाको राजापुर नगरपालिका, गेरुवा गाउँपालिकामा परियोजना संचालन भएका बिधालयका प्रारम्भिक कक्षाका शिक्षकहरुका लागी शिक्षामा लैगिक रुपान्तरण सम्बन्धी ३ दिने शिक्षण तालिम आज सम्पन्न भएको छ ।

तालिमको समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा बर्दिया जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख रेबिका अमात्यले बिकास साझेदार सस्थाहरुले राज्यले सबै क्षेत्रमा पहुच र सहभागीता जनाउन नसकेको ठाउमा गैससहरुले सेवा दिइ रहेको र बर्दिया जिल्लामा प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेले शिक्षा क्षेत्रमा शैक्षिक गुणस्तरीयताका लागी पैरवी र समन्वय गरिरहेको बताउनुभयो ।

तालिमा सहभागी हुने शिक्षकहरुलाई सुभकामना दिदै लिएको सिप ब्यबहारमा उतारि कक्षाकोठाको सिकाइ कृयाकलाप र सिकाइ उपलब्धी बृद्धि गर्नमा मद्धत पुग्ने अपेक्षा गदै सस्थासंगको समन्वयमा बिधालय स्तरमा अनुगमन गरिने बताउनु भयो । प्लान इन्टरनेशनल नेपालको केन्द्रिय कार्यालयका बरिष्ठ प्राबिधिक सल्लाहाकार लक्ष्मी पाठकले तालिममा लिएका अनुभव, सिकाइहरुलाई ब्यक्तिगत ब्यबहार तथा बिधालय, समुदायमा परिर्वतनको संवाहकको रुपमा यसको प्रयोग हुने अपेक्षा गर्नुका साथै बिधालयमा लैगिकमैत्री शिक्षण सिकाई कृयाकलाप, सोहि अनुसारको शैक्षिक सामाग्रीको ब्यबस्थापन र कक्षा शिक्षणमा शिक्षकहरुको लैगिक मैत्री ब्यबहार हुनेछ र बिधालयमा आउदा देख्न पाइने अपेक्षा रहेको बताउनु भयो ।
सस्थाका अध्यक्ष शिवलाल पाण्डेको अध्यक्षतामा भएका कार्यक्रममा राजापुर नगरपालीका, र गेरुवा गाउपालीका, ११ बिधालयका २२ जना शिक्षक, स्याक नेपाल बाँकेका कार्यसमिती सदस्यहरु गरि करिव २५ जना सहभागीता रहेको तालिमा प्लानइन्टरनेशनल नेपाल केन्द्रिय कार्यालय प्लान इन्टरनेशनल नेपालको केन्द्रिय कार्यालय बरिष्ठ प्राबिधिक सल्लाहाकार सिकाइ कि लक्ष्मी पाठक, प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालयका शिक्षा बिज्ञ बेदप्रसाद डागींले सहजिकरण गर्नुभएको सस्थाका टिमलिडर तथा परियोजना प्रमुख लक्ष्मी प्रसाद शमाले जानकारी दिनुभयो ।

२०७९ भाद्र २१, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।